Comments Add Comment

फ्रान्सेली पर्यटक होटलमा मृत भेटिए

१० असार, पोखरा । पोखराको लेकसाइडको एक लजमा फ्रान्सेली पर्यटक झुण्डिएको अवस्थामा फेला परेका छन् । पोखरा लेखनाथ महानगरपालिका-६ लेकसाइडको खहरे स्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षीय फ्रान्सोक इन्सिक क्रिस्टियन झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

सोमबारदेखि लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए । शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएका उनलाई त्यसपछि नदेखिएको लजका कर्मचारीले बताएका छन् । शनिबार भने क्रिष्टियन बसेको कोठाबाट दुर्गन्ध आउन थालेपछि होटलका कर्मचारी कोठामा हेर्न गएका थिए ।

भित्रबाट चुक्कुल नलगाइएकाले सजिलै भित्र पसेका लजका कर्मचारीले क्रिष्टियनलाई कोठामा झुण्डिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

कम बोल्ने र पेन्टिङ गर्ने क्रिष्टियन खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिनसम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको बताएका छन् ।

सेतीमा हामफालेका बानियाको मृत्यु

यसैबीच, पोखराको सेती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । पोखराको याम्दीबाट सेती नदीमा हामफालेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ लामाचौर स्थित बानियाथरका प्रेम बानियाको ज्यान गएको हो ।

दिउँसो १ बजे नदीमा हामफालेका ४४ वर्षीय बानिया करीब आधा घण्टापछि मृत अवस्थामा फेला परेका थिए । नदीमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरी पुगेर खोजतलास गर्दा सेती ड्याम बाँध क्षेत्रबाट मृत अबस्थामा बाहिर निकालेको थियो ।

बानिया आरसी कम्प्लेक्स लामाचौरमा स्विपर काम गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment