Comments Add Comment

यूएईका ८ राजकुमारीलाई १५ महिना जेल

१० असार, काठमाडौं । बेल्जियमको एक अदालतले संयुक्त अरब इमिरेट्स -यूएई)का ८ राजकुमारीलाई मानव तस्करीमा दोषी ठहर गरेको छ । उनीहरुमाथि आफ्नो कामदारमाथि अमानवीय व्यवहार गरेको आरोप पनि लागेको थियो ।

अदालतले राजकुमारीहरुलाई १५ महिना जेल सजाय सुनाएको छ । र, हरेकलाई १ लाख ८५ हजार डलर जरिवाना तोकेको छ ।
उनीहृरुमाथि २० सहयोगीलाई दास जस्तै राखेको आरोप थियो । उनीहरु २००८ मा ब्रसेल्स यात्रामा गएका थिए । यद्यपि अदालतले अमानवीय व्यवहारको आरोपबाट भने मुक्त गरेको छ ।

यो मुद्दामा फैसला आउन झण्डै ९ वर्ष लाग्यो । बेल्जियन मानवअधिकार समूहले यो फैसलालाई मानव तस्करीविरुद्धको लडाईमा महत्वपूर्ण कदम भनेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment