Comments Add Comment

डडेल्धुराको चुनावः जोगिएला देउवाको साख ?

११ असार, काठमाडौं । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् ।

यहीँबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्याइरहन यसपटक त्यत्ति सजिालो छैन । देउवाको गृहजिल्ला हो, डडेल्धुरा । अरु पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसको झन्डा जेलिइसकेका छन् । त्यसमा पनि अझै कांग्रेसभित्रै चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो । अरु पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका क्रममा देखिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment