Comments Add Comment

उपत्यकामा एकैपटक ८ सय जेब्राक्रसको रेखांकन

११ असार, काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन गर्दैछ । जेब्रा क्रसिङबाट काटो काट्ने यात्रुलाई कारवाहीको अभियान थालिएसँगै विभागले विभिन्न सडक क्रस गर्न आवश्यक स्थानमा जेब्रा क्रसिङको रेखाङ्कन गरेको हो ।

गत हप्ता गृहमन्त्री जनार्दन शर्माले जेब्रा क्रसलाई चुस्त दुरुस्त राख्न सडक विभागलाई निर्देशन दिएका थिए । कारवाहीको अभियान सुरु गर्दा आवश्यक स्थानमा जेब्राक्रस नभएपछि सरकारको आलोचना भएको थियो ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले उपत्यकाभरि जेब्रा क्रसिङहरु पेन्ट गर्ने काम अन्तिम चरणमा पुगेको बताए । यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने उनले बताए ।’ललितपुरमा लगभग सबै स्थानमा सकिइसक्यो, अब काठमाडौंमा केही र भक्तपुरका केही सडकमा जेब्रा क्रसको रेखाङ्कन बाँकी छ’ सिग्देलले भने, ‘अब यो साताभरिमा काम सक्छौं ।’

मेलम्चीले समस्या

अहिले कतिपय सडकमा सडक विभागले आफ्नै जनशक्ति र साधन लगाएर जेब्रा क्रस बनाइरहेको छ । विभागले ठेकेदारमार्फत पनि जेब्रा क्रस पेन्टिङ गरिरहेको छ । सरकारले अहिले उपत्यकाभित्र रोड मार्किङमा समस्या रहे पनि केही समयपछि यो समाधान हुने दावी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामांगले र मेलम्चीले पाइप बिछ्याउन सुरु गरेपछि रोड मार्किङमा धेरै समस्या आएको बताए ।’सार्क सम्मेलनका बेलामा हामीले सडकको सबै मार्किङ अपडेट गरेका थियौं । त्यतिबेला कसै पनि यस्ता समस्या थिएन’ सचिव तामाङले भने, ‘मेलम्चीले पाइप बिछ्याउन थालेदेखि धेरै समस्या आएका हुन् ।’

सडक विभागका महानिर्देशक सिग्देलले समान्यतयाः १ वर्षसम्म टिक्नुपर्ने जेब्राक्रसिङको रेखाङ्कन धुलोका कारण ३ महिना मात्रै टिक्ने अवस्था रहेको बताए ।

‘पाइप बिछ्याएपछि पीच नै नभएका स्थानमा हामीले मार्किङ गर्न सक्दैनौं । तर, सडकमा गाडीको चक्काले ल्याउने धुलो जेब्रा क्रसिङमा घर्षण हुादा त्यो बास्तविक आयु जति टिक्नै सक्दैन’ सिग्देलले भने ।

उनले अब रोड मार्कहरु तीन-तीन महिनामा रि-मार्किङ गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment