Comments Add Comment

पत्रकार महासंघ युरोप शाखामा विवाद

२५ जुन, ब्रसेल्स । नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिबार हुने भनिएको अधिवेशन बिबादमा परेको छ ।

शाखाका महासचिव लगायतका पदाधिकारीहरुले बिरोध तथा असहमति प्रकट गर्दै अधिबेशनमा भाग नलिने बताए पछि अधिबेशन बिबादमा तानिएको हो । जसकारण शनिबार अधिबेशन हुन सकेन ।

शाखाका महासचिव प्रकाश ढकालले शनिबार बिज्ञप्ति जारी गर्दै विधी र विधान मिचेर अधिबेशन हुन लागेको आरोप लगाएका छन् ।

बिज्ञप्तिमा लेखिएको छ-‘नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनि सूचना जारी गरेकोमा केही गम्भीर प्रश्न खडा गरेको छ । यो भनिएको अधिवेशन युरोपमा रहेको सबै पत्रकार साथीहरुलाई समेट्नु भन्दा गुपचुप रुपमा गर्न लागिएको प्रष्ट छ । अधिवेशन आव्हान गर्दाको सूचनामा समेत महासचिवको हस्ताक्षरको दुरुपयोग गरिएको छ । अधिवेशनमा समावेश हुने पजिकृत सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन ।’

स्थापना कालदेखि आवद्ध भएका सबै सदस्य र आवद्ध हुन चाहने सबै उपर वैदेशिक नियमावली अन्तर्गत छानविन गरी सदस्यता वितरण गर्दै सबैको विवरण राखी अधिवेशन गर्न निरन्तर आवाज उठाइरहेको भन्दै केन्ऽलाई पहल गर्न बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

महासचिव ढकाल सहित शाखाका संरक्षक महेश थापा, वरिष्ठ उपाध्यक्ष ओम शर्मा, उपाध्यक्ष अनुराधा पौडेल, सचिव हिरालाल श्रेष्ठ, सदस्य दिपक क्षेत्री साथै पूर्व सदस्य सरस्वती कार्कीले पनि असन्तुष्टि जनाएका छन् ।

अधिवेशन सम्पन्न गर्न केन्ऽीय उपाध्यक्ष खिलबहादुर भण्डारी बेल्जियम आइपुगेका छन् ।

युरोप शाखा अध्यक्ष केजिन राई पक्षले एक हप्ता अगाडि सूचना प्रकाशित गर्दै (शनिबार) का लागि अधिबेशन मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment