Comments Add Comment

पत्रकार महासंघ युरोप शाखाको अधिवेशन विवादमा

२५ जुन ब्रसेल्स । नेपाल पत्रकार महासंघ, युरोप शाखाको अधिवेशन विवादमा परेको छ। शाखाका महासचिवलगायतका पदाधिकारीहरुले विरोध तथा असहमति प्रकट गर्दै अधिवेशनमा भाग नलिने बताएपछि अधिवेशन विवादमा तानिएको हो।

शाखाका महासचिव प्रकाश ढकालले शनिबार विज्ञप्ति जारी गर्दै विधि र विधान मिचेर अधिवेशन हुन लागेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनी सूचना जारी गरेकोमा केही गम्भीर प्रश्न खडा गरेको छ । अधिवेशन युरोपमा रहेका सबै पत्रकार साथीहरुलाई समेट्नु भन्दा गुपचुप रुपमा गर्न लागिएको प्रष्ट छ । अधिवेशन आह्वान गर्दाको सूचनामा समेत महासचिवको हस्ताक्षरको दुरुपयोग गरिएको छ ।अधिवेशनमा समावेश हुने  सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन ।’

महासचिव ढकालसहित शाखाका संरक्षक महेश थापा, वरिष्ठ उपाध्यक्ष ओम शर्मा, उपाध्यक्ष अनुराधा पौडेल, सचिव हिरालाल श्रेष्ठ, सदस्य दीपक क्षत्री साथै पूर्व सदस्य सरस्वती कार्कीले पनि असन्तुष्टी जनाएका छन् ।

अधिवेशन सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी बेल्जियममा छन्। अध्यक्ष केजिन राई पक्षले एक हप्ताअगाडि सूचना प्रकाशित गर्दै शनिबारका लागि अधिवेशन मिति तय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment