Comments Add Comment

दाजुभाइनै प्रतिस्पर्धी,आमालाई पीडा

आमा भन्छिन्-उठे पनि एउटै पदमा नउठ भन्दा मानेनन्

रविन भट्टराई । ११ असार, ताप्तेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको एक वडामा एकै परिवारका दाजुभाइनै फरकफरक पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।

फुङ्लिङ् नगरपालिका-३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् ।

दाजुभाइनै फरकफरक पार्टीबाट एउटै पदका प्रतिस्पर्धी भएपछि आफन्तलाई भने समस्या भएको छ ।

आˆना दुबै छोरा वाडाध्यक्षका लागि फरक फरक पार्टीबाट उम्मेदवार बनेकाले आमा मायादेवीलाई सबैभन्दा धेरै पीडा भएको छ ।

‘उठे पनि एउटै पदमा नउठ भन्दा भन्दै मानेनन्’ मायादेवीले भनिन्,’भोट कस्लाई हाल्ने आफन्तले त बरु छान्लान म कसलाई छानुँ र भोट हालुँ ?’

मायादेवीले आफूलाई छोरा उम्मेदवार भएकोमा सुखी भन्दा पनि दुःख लागेको बताइन । ‘अरु उम्मेदवारका आमा छोरा उम्मेदवार बन्यो भनेर खुशि छन्,’ उनले भनिन्,’आˆनै दुई छोरा अध्यक्षकै उम्मेदवार हुँदा मलाई खुसी भन्दा पीडा बढी भएको छ ।’

उनले आफूलाई छोराहरुले दोधारमा नपरी माईलालाई भए पनि कान्छालाई भए पनि भोट हाल्नु भन्ने गरेको भन्दै उनले आफूले भने कसैलाई भोट नहालि बसौंकी भन्ने सोचमा रहेको बताइन ।

यता फरकफरक पार्टीबाट एउटै पदमा उम्मेदवारी दर्ता गराएका दुई दाजुभाइले भने एकै घरका दाजुभाइ भएपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment