Comments Add Comment

डोटीका १० मतदान केन्द्र अतिसंवेदनशील, १७ संबेदनशील

११ असार, डोटी । जिल्ला सुरक्षा समिति डोटीले बुधबार हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १० मतदान केन्द्रलाई अतिसंवेदनशील निर्धारण गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोकर्णप्रसाद शर्माले जिल्लाको दक्षिणी क्षेत्रतिरका १० मतदान केन्द्रहरुलाई सुरक्षाको दृष्टिले अतिसंबेदनशील मानिएको बताए ।

भौगोलिक दुरी र बिगतका निर्वाचनमा भएका गतिबिधिहरुका आधारमा मतदान केन्द्रहरुलाई अतिसंबेदनशील, संबेदनशील र सामान्य गरी तीन तहमा बिभाजन गरिएको छ । जिल्लाका १७ मतदान केन्द्रहरुलाई संबेदनशीलको सूचीमा राखिएको छ ।

‘अति संबेदनशील र संबेदनशील मतदान केन्द्रहरुमा अन्य केन्द्रहरुको तुलनामा प्रहरीको संख्या बढी हुन्छ’ अनलाइनखवरसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘ती केन्द्रहरुमा सशस्त्र प्रहरीको समेत उपस्थिति रहन्छ ।’

सुरक्षा व्यवस्था भरपर्दो भएको बताउँदै शर्माले मतदाताहरुलाई निर्धक्क भएर मतदान गर्न समेत आग्रह गरे । निर्वाचनका क्रममा अवान्छित गतिबिधिहरु हुन सक्ने देखिएकाले केही व्यक्तिहरुलाई आफूहरुले नियन्त्रणमा समेत लिइसकेको बताउँदै शर्माले भने ‘यदि कही कतै कुनै प्रकारको असुरक्षाको बातावरण वनेको खवर आए तुरुन्तै थप सुरक्षाकर्मी परिचालन गरिनेछ ।’

सुरक्षा निकायमा आधिकारिक रुपमा जानकारी नआएपनि उम्मेदवारलाई धम्की आएको भन्ने गाइगुईं सुनिएको बताउँदै शर्माले भने ‘यदि त्यसो भएको भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउनु होला ।’ उनले केही नेताहरुले निर्वाचन आचार संहिता बिपरित गाउँगाउँमा बिकास योजनाका आश्वासन बाँढ्दै आएको समेत सुन्नमा आएको बताए ।

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले समान्य केन्द्रहरुमा ७/८ जना र संबेदनशील स्थानहरुमा १७/१८ प्रहरी खटाइएको वताए । ‘हामीले सुरक्षाकर्मीहरुलाई निर्वाचन सुरक्षाको बिषयमा तालिम दिएर पठाएका छौं’ बिष्टले भने ‘सुरक्षाको दृष्टिले निर्वाचनमा समस्या आउँदैन ।’ उनले मतदान केन्द्रको स्क्याच समेत बनाएर सुरक्षाकर्मीहरुलाई अभ्यस्त बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment