Comments Add Comment

दार्चुलाका १२८ मतदान केन्द्रमा ७२६ निर्वाचन कर्मचारी खटिए

११ असार, दार्चुला । दार्चुला जिल्लाका १ सय २८ मतदान केन्द्रहरुमा सुरक्षा निकायहरु बाहेक निर्वाचन कर्मचारीहरु मात्रै ७ सय २६ जना कर्मचारी खटिएका छन् ।

जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक/एक जनाका दरले १ सय २८ मतदान अधिकृत र १ सय २८ सहायक मतदान अधिकृत गरी जम्मा २ सय ५६ जना खटिएका छन् ।

प्रत्येक मतदान केन्द्रमा २ जना सहायक कर्मचारी गरी २ सय ५६ जना सहायक कर्मचारी खटिएका छन् । त्यस्तै २ सय १४ जना कार्यालय सहयोग अर्थात् सहयोगी कर्मचारी खटाइएको छ ।

५ सय भन्दा कम मतदाता संख्या भएको मतदान केन्द्रमा १ जना कार्यालय सहयोगी र ५ सय भन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा २ जनाका दरले जिल्लाका १ सय २८ मतदान केन्द्रहरुमा २ सय १४ जना कार्यालय सहयोगी खटाइएको हो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा कार्यालय सहयोगी गरी दार्चुलामा जम्मा ७ सय २६ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताए । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका लागि अबश्यक सामग्रीहरु, मतपेटिका मतपत्र लगायतका सामग्री लिएर सबै कर्मचारीको टोली खटिएको जिल्ला निर्वाचन अधिकारी पाण्डेको भनाई छ ।

जिल्लाका थुप्रै मतदान केन्द्रमा एकदिनमा मात्रै पुग्न नसकिने भएकाले २/३ दिन अघिदेखि नै कर्मचारीको टोली आबश्यक सामग्री लिएर खटिएको उनले बताए । साथै जिल्लाका विभिन्न मतदान केन्द्रको कार्यालय समेत उद्घाटन गरिएका छन् ।

आइतवार विहानदेखि जिल्लाका प्रत्येक मतदान केन्द्रहरुमा फोटो सहितको मतादाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकृत आनसिँह डागाँले जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि यसअघि नै १ सय २८ जना मतदाता प्रशिक्षकहरु खटाइएको थियो । मतदाता शिक्षा प्रशिक्षकहरुले यसअघि मतदाताका घरघरमा गइ मतदाता शिक्षा प्रदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment