Comments Add Comment

बेलायतमा अन्जु र टंकको लोभलाग्दो प्रेम


डाक्टर भोला रिजालका छोरा कपिल रिजालले एक म्यूजिक भिडियोको निर्देशन गरेका छन् ।  गायिका शर्मिला बर्देवा र  गायक सपनकुमार राइको आवाजमा समावेश ‘मेरो मनमा बस’ बोलको गीतको म्यूजिक भिडियोलाई कपिलले निर्देशन गरेका हुन् ।

गीतमा शेखर सन्तोषको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । बेलायतमा छायांकन गरिएको यो भिडियोमा एक प्रेम जोडीको लोभलाग्दो प्रेमलाई देखाइएको छ ।

यो भिडियोमा अन्जु बस्नेत र टंक धमलाको मोडलिङ रहेको छ । कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा बेलायतका ग्रामिण भेगका रमणिय दृश्यलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment