Comments Add Comment

मोरङका सीमा नाका ७२ घण्टा बन्द हुने


११ असार विराटनगर । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको चुनावमा मोरङ जिल्लामा पर्ने नेपाल-भारत सीमा नाका वन्द हुने भएका छन् ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरुवीच भएको बैठकमा चुनाव सुरक्षालाई मध्यनजर गर्दै सोमबार विहान ६ बजेदेखि असार-१५ गते विहान ६ वजेसम्म सीमा नाका बन्द गर्ने सहमति भएको हो ।

भारतको सुपौलमा नेपाल भारत दुवै देशका सुरक्षा अधिकारीवीच चुनाव सुरक्षालाई ध्यानमा राखी ७२ घण्टा सीमा वन्द गर्ने सहमति भएको मोरङका प्रमुुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए ।

नेपाल र भारतमा हुने निर्वाचनमा दुवै देशले निर्वाचनको अवधिमा वोर्डर बन्द गर्ने गरेका छन ।

चुनावको समयमा अवाञ्छनीय घटना नहोस् भनी सीमा क्षेत्रबाट आवातजावतमा रोक लगाइने गरेको छ । मोरङ जिल्लाको कुल ६३ किलोमिटर सीमाक्षेत्र भारतसंग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment