Comments Add Comment

सलमानको ‘ट्यूबलाइटको’ ब्यापार सामान्य, समिक्षा कमजोर


शुक्रबारबाट रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । समिक्षक र दर्शकबाट निराशाजनक प्रतिक्रिया पाएको बलिउड स्टार सलमान खान अभिनित यो चलचित्रले २ दिनमा ४२ करोडको कारोबार गरेको छ ।

यो निर्माताले दिएको फिगर हो । शुक्रबार २१.१५ करोडको व्यापार गरेको यो चलचित्रले शनिबार २१.१७ करोडको व्यापार गरेको निर्माताले व्यापार देखाएका छन् । तर, शुक्रबार भन्दा शनिबारको व्यापार केही कम भएको वितरकहरुले भारतीय मिडियालाई बताएका छन् ।

सलमान खानको इदमा रिलिज भएका चलचित्रमध्ये सबैभन्दा कमजोर ओपनिङ ‘ट्यूबलाइट’को नाममा जोडिएको छ । यो चलचित्र सेमी-हिट हुन मात्र पनि डेढ सय करोड माथिको व्यापार गर्नुपर्ने हुन्छ । आइतबार र सोमबारको बिदाले सलमानको स्टारपावरको आँकलन गर्नेछ ।

गतबर्ष रिलिज भएको सलमान अभिनित चलचित्र ‘सुल्तान’ले ३६ करोडको ओपनिङ कारोबार गरेको थियो । निर्देशक कविर खान र नायक सलमान खानले ‘बजरंगी भाइजान’ जस्तो सफल चलचित्र दिएका थिए । तर, यसपटक ‘ट्यूबलाइट’मा दुबै चिप्लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment