Comments Add Comment

मायालुसँग भेट नहुँदा के हुन्छ ?

पछिल्लो समय लोकगीत संगीतहरुले बजारमा राम्रै चर्चा पाएका छन् । यसैबीच हालसालै मात्र लोकगीत संगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ ।

नवगायिका मनिषा शर्मा र शब्द संकलक शंकर ढकालको मार्मिक गीत भेट हुँदैन् होला’  युटुब मार्फत सार्वजनिक गरिएको हो । ढकालको लय, शब्द तथा स्वर रहेको उक्त गीतमा नवगायिका शर्माले साथ दिएकी छन् ।

गीतमा माया, प्रेममा परेका जोडीहरुबीचको बिछोड हुनुपर्दाको पीडा चित्रण गरिएको छ । प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउाछ ।

काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको म्युजिक भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय छ ।

म्युजिक ल्यावको प्रस्तुति रहेको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment