Comments Add Comment

शिखर इन्स्योरेन्सले किन जोड गर्दैछ एफपीओमा ? धितोपत्र बोर्डको स्पष्ट अडान

११ असार, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नयाँ निष्कासन (एफपीओ) गर्ने जानकारी फेरी पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत् सार्वजनिक गरेको छ ।

धितोपत्र बोर्डको हालै जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियवमावली २०७४ ले एकपटक एफपीओ जारी गरेको कम्पनीले कम्तिमा पाँच वर्ष नपुगी पुनः एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ । तर, कम्पनीको ८ गते बसेको सञ्चालक समितिले चुक्ता पुँजी पुर्याउँन यसअघि जस्तै एफपीओ जारी गर्ने र बोनस सेयर दिने भन्दै बिमा समितिमा पुँजी योजना पेश गरेको छ । यही जानकारी नेप्सेमा दिइएको हो ।

कम्पनीले बिमा समितिले २०७५ असारसम्म पुर्याउँन भनेको १ अर्ब चुक्तापुँजी पुर्याउँन एफपीओ र बोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड रहेको छ । तर, धितोपत्र बोर्ड भने कम्पनीले अर्को नियामक बिमा समितिको निर्देशनको हवाला दिदै एफपीओ जारी गर्ने प्रस्ताव गरेपनि पुरा नहुने स्पष्ट पारेको छ ।

‘चुक्ता पुँजी वृद्धिको अन्य विकल्प पनि छन्, एफपीओ नै जारी गर्नुपर्छ भन्ने छैन्,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले भने,‘हामीले हालै मात्र नियमावली ल्याएका हौं, यो तत्काल परिवर्तन हुन सक्दैन् ।’

शिखरले यसअघि बिसं २०७२ साल मंसिरमा एफपीओ जारी गरेको थियो । यता, कम्पनीले गत फागुनमा धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा १३ लाख ६२ हजार कित्ता सेयर एफपीओ मार्फत् जारी गर्ने भन्दै अनुमती मागेर बसेको छ । प्रिमियम मूल्यमा सेयर जारी गर्ने र त्यसैबाट लाभांश बाँड्ने प्रवित्ती रोक्न धितोपत्र बोर्डले नियमावली परिवर्तन गरेको थियो ।

यता, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप पाण्डेले भने पुँजी वृद्धिको योजना बिमा समिति पठाइएकाले त्यही जानकारी नेप्सेमा दिइएको हो ।

‘धितोपत्र बोर्डले एफपीओको अनुमतीमा हुँदैन पनि भनेको छैन् हुन्छ पनि भनेको छैन्, यदी हुन्न भनेमा पनि हामी बोनसबाट नै पुँजी पुर्याउन सक्ने अवस्थामा छौं,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment