Comments Add Comment

कैलालीमा परिचयपत्र वितरण शुरु

११ असार, कैलाली । दोस्रो चरण अन्तर्गत १४ गते हुन गैरहेको स्थानीय तहको चुनावका लागि आइतबारबाट निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण कार्य शुरु गरेको छ ।

निर्वाचान आयोगबाट जारी भएको फोटोसहितको परिचयपत्र लिन मतदाताहरु विहानैबाट लाइनबद्ध रुपमा सहभागी भएका छन् ।

आयोगले मतदाताहरुलाई सजिलोका लागि ३ दिनको समय दिएको छ । जसका लागि ११, १२ र १३ असारसम्ममा आफूले मत हाल्ने स्थानबाट परिचयपत्र लिन सकिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहन अर्यालले जानकारी दिए ।

उनले परिचयपत्र लिनका लागि पुरानो परिचपत्र भए त्यही परिचयपत्र, नभए नागरिकता लिएर परिचयपत्र लिन सकिने बताए ।

मतदानका लागि निर्वाचन आयोगले जारी गरेको परिचयपत्र लिएर मतहाल्न पाउने व्यवस्था रहेपनि केही कारणबस परिचयपत्र नभएको अवस्थामा नागरिकताले समेत मतहाल्न पाउने क्षेत्रीय निर्वाचनका प्रमुख अर्यालले जानकारी दिए ।

सुदूरपश्चिमा १३ लाख ३ हजार ७ सय १४ मतदाताहरु रहेकोमा कैलाली जिल्लामा मात्रै ४ लाख ३ हजार २ सय ८० मतदाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment