Comments Add Comment

गुल्मीमा चुनावका लागि २ हजारभन्दा बढी कर्मचारी खटिए


११ असार, गुल्मी । दोस्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तह चुनावको लागि गुल्मीमा २१ सय ४० कर्मचारी खटिएका छन् ।

जिल्लामा रहेका गुल्मीमा २ सय ४० मतदान स्थलहरु सुरक्षा निकायहरु बाहेक निर्वाचन कर्मचारीहरु मात्रै २ हजार भन्दा बढी कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकारी गणेशबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाका प्रत्येक मतदान केन्ऽमा एक जनाका दरले मतदान अधिकृत सहायक मतदान अधिकृत गरी १४ सय ३० जना कर्मचारी खटिएका छन् ।

खटिएका कर्मचारीहरुमा मोवाइल टोली लगायतका अन्य कर्मचारी गणना गरिएको छैन् । प्रत्येक मतदान केन्ऽमा ५ जनाका दरले मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी खटिएका छन् ।

जिल्लामा मतदान सम्पन्न गर्न निर्वाचन आयोजले ७ सय १० जना स्वयमसेवक समेत परिचालन गरेको छ । ५ सय भन्दा कम मतदाता संख्या भएको मतदान केन्ऽमा १ जना कार्यालय सहयोगी र ५ सय भन्दा बढी मतदाता रहेको मतदान केन्ऽमा २ जनाका दरले खटाइएको अधिकृत खत्रीले जानकारी दिए ।

जिल्लाका सबै मतदान केन्ऽमा निर्वाचनका लागि आबश्यक सामग्रीहरु, मतपेटिका मतपत्र लगायतका सामग्री लिएर सबै कर्मचारीको टोली खटिएको जिल्ला निर्वाचन अधिकारी खत्रीले जानकारी दिए ।

जिल्लाका कतिपय मतदान केन्द्रमा सवारी साधन समेत नपुग्ने भएकाले केही दिन अघिदेखि नै कर्मचारीको टोली आबश्यक सामग्री लिएर खटिएका थिए ।

जिल्ला सबै मतदान केन्द्रबाट आइतवार विहानदेखि फोटो सहितको मतादाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा ४३ लिटर, ८० लिटर र ८५ लिटरका ४ सय ७० मतपेटिका जिल्ला भर पठाइएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment