Comments Add Comment

नेप्सेको बढ्ने प्रयास सफल


११ असार, काठमाडौं । आइतबार दोहोरो अंकसम्म बढेको नेप्सेले बजार बन्द हुँदा भने ८.२३ अंकको वृद्धि कायम राख्न सफल भएको छ ।

नेप्से परिसूचक १५६७.७२ बिन्दुमा आइपुगेको हो । यस दिन कारोबार रकममा पनि वृद्धि भएर ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । पछिल्लो केही दिनको तुलनामा कारोबार रकम बढेको हो । यसले बजारमा पुनः क्रमिक रुपमा लगानीकर्ता प्रवेश गर्दैछन् भन्ने संकेत गरेको छ ।

कारोबारमा आएको बिमा बाहेक सबै समूहको परिसूचक बढेको छ । राष्ट्रिय बिका कम्पनी, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स लगायतका कम्पनीको मूल्य घटेपछि बिमा समूहको परिसूचक घटेको हो ।

एफपीओ र बोनस सेयर जारी गरेर पुँजी पुर्याउने योजना सार्वजनिक गरेको शिखर इन्स्योरेन्सको पनि सेयर मूल्य घटेको छ । कम्पनीले एफपीओ जारी गर्न नपाएपनि बोनसबाट नै पुँजी पुर्याउन सक्ने स्पष्ट पारेको छ ।

यता, ७ पटकको कारोबारबाट प्रभु बैंकको ११ करोड ७२ लाख बराबरको संस्थापक सेयर किनबेच भएको छ । यस दिन सर्वसाधारणले सजिलै किनबेच गर्न सेयरहरुको कारोबार मापक फ्लोट परिसूचक र क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment