Comments Add Comment

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरूद्ध

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक । फाइल तस्वीर

११ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आइतबार दिउँसोदेखि पुनः अवरुद्ध भएको छ ।

दिउँसो सवा ३ बजे इच्छाकामना गाँउपालिका वडा न. ६ को कालीखोला र चेपाङडाँडाको बीचमा शुक्रवार प्रहरीको गाडी र ट्रक बगाएकै स्थानमा माथिबाट ठूलो पहिरो झरेपछि सडक अवरुद्ध बनेको मुना सडक परियोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

‘पहिरो शुक्रवार राती खसेकै पोइन्टमा खसेको छ’ खनालले भने ‘तर अस्तीको भन्दा धेरै माथिबाट डाँडा नै तल झरेको छ ।’ पहिरोले मानवीय र भौतिक क्षतिको गरेको जानकारी नभएको खनालले बताए ।

सडक परियोजनाको पानी हाल्ने ट्याङ्करमा समान्य क्षति भएको खनालको भनाइ छ ।

राजमार्ग बन्द भएपछि पोखरा र काठमाण्डौ भएर चितवन आउने र चितवनबाट त्यसतर्फ जाने सवारी साधानको लाइन लाग्न थालेको छ । प्रहरीले बैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेको छ ।

पहिलो ठूलो झरेकोले पन्छाउन कम्तिमा आजका लागि सम्भव नहुने खनालले बताए । पहिले भन्दा फरक स्थानबाट पहिरो झरेको हो । शनिवार राती साढे ९ बजेदेखि अवरुद्ध भएको सडक आज आइतवार बिहान मात्रै सञ्चालनमा आएको थियो ।

शुक्रवार राती सोही स्थानमा झरेको पहिरोले इलाका प्रहरी कार्यालय मुग्लिनको भ्यानसहित वेपत्ता भएका २ जना प्रहरीको अझै पत्तो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितनवका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

मुग्लिन-नारायण सडकखण्ड राजधानी र तराई जोड्ने सबैभन्दा व्यस्त मार्ग हो । दैनिक सयौं गाडीहरु यस मार्गको प्रयोग गर्छन । निरन्तरको वर्षासँगै बाटो अवरुद्ध भएपछि बुधबार हुने स्थानीय चुनावमा मतदान गर्न गाउँ जाने मतदाता प्रभावित हुन सक्नेछन् ।

यसैबीच भोट हाल्न गाउँ जाने मतदाताको सुविधाका लागि मुग्लिन नारायणगढ सडकखण्ड भोलिदेखि दिउँसोको समयमा पनि बन्द नहुने भएको छ । सडक डिभिजनले दिउँसोको समयमा गाडी बन्द गरेर सो सडकखण्ड स्तरोन्नति गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment