Comments Add Comment

टाटा मोटर्स र भारतीय राजदूतावासको संयुक्त सहयोगमा अन्तर्राष्ट्रिय योग दिवस

११ असार, काठमाडौं । टाटा मोटर्स एवं नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले गत जुन १० मा अन्तर्राष्ट्रिय योग दिवसका दिन इन्डिया हाउस लाजिम्पाटमा एक समारोहको आयोजना गरेे ।

योग विधा एक प्रकारको भौतिक, मानसिक एवं आध्यात्मिक अभ्यास वा विधि हो । यसको अभ्यासकर्तालाई योग द्वारा पुग्न जाने योगदानलाई कदर गर्दै संयुक्त राष्ट्र सघंद्वारा ३ वर्ष अघि जुन १० का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरे अनुसार नेपाल पनि यस दिवस मनाउन सहभागी भएको छ ।

समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल विभागका प्रमुखरुद्ररुप मैत्रले सिप्रदी ट्र्डिङ्ग प्रालि एवं भारतीय राजदुतावासका साथ संयुक्त रुपमा यस वर्ष अन्तर्राष्ट्रिय योग दिवश समारोह मनाउन पाउदाँ गौरव लागेको व्यहोरा बताए ।

मैत्रले योगको अभ्यासद्वारा शरिर तथा मनको समीकरणमा ठुलो योगदान पुग्ने तथा मानसीक बोझको निराकरणमा एक प्रभावकारी उपाय हुने व्यहोरा बताए । मैत्रले नेपालमा योग दिवश मनाउन सबैलाई आमन्त्रण गरे ।

नेपालका लागि भारतीय राजदुत मन्जीतसिहं पुरीले योग सुस्वास्थ एवं सम्वृद्धिका लागि अति महत्वपूर्ण भएको बताए ।

यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचान साथै त्यसलाई आत्मसात गर्न एक महत्वपूर्ण विधि भएको व्यहोरा बताए । अन्तर्राष्ट्रिय दिवश मनाउन टाटा मोटर्ससगं सहभागी हुन पाएकोमा राजदुत पुरीले खुसी व्यक्त गरे।

सोही अवसरमा बोल्दै सिप्रदी ट्रेडीङ कम्पनीका सिइओ राजनवावु श्रेष्ठले पहिलो पटक टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदुतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवशमा भाग लिएको बताए ।

श्रेष्ठले पूर्ण सचेतना सहीत, आफु तथा प्रकृति प्रति पूर्ण उत्तरदायित्वका साथ पूर्ण रुपमा जीवन व्यतित गर्न सबैलाई आˆनो व्यक्तिगत जीवनमा योगलाई अपनाउन तथा यसको अभ्यास गर्न अग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment