Comments Add Comment

निर्वाचनमा माओवादी पहिलो बन्छः पम्फा भुुसाल

'दोस्रो चरणको निर्वाचनलगत्तै मन्त्रिपरिषद विस्तार'

११ असार, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेकी छिन् । आफ्नो पार्टीले जनताको पक्षमा काम गरेकाले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो बन्ने दाबी गरेकी हुन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले भनिन्, ‘हुन त पहिलो चरणको निर्वाचनमा पनि हाम्रो त अपेक्षा धेरै नै थियो, तर सोचेजस्तो भएन । अब दोस्रो चरणको निर्वाचनमा हामी पहिलो बन्छौं, धेरै सकारात्मक भोट ल्याउँछौं ।’

नेतृ भुसालले केन्द्रीय संसदको चुनाव हुँदासम्म आफ्नो पार्टी पहिलो बन्ने दाबी समेत गरिन् । २ नम्बर प्रदेशमा हुने निर्वाचनमा पनि माओवादी पहिलो बन्ने उनको दाबी छ ।

चुनाबपछि मन्त्रिपरिषदले पुर्णता पाउने र संविधान संशोधन पनि गर्ने जानकारी उनले दिइन् । नेतृ भुसालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै केन्ऽ र संघीय संसदको चुनाब गराउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment