Comments Add Comment

चुनावी प्रचारप्रचारको अन्तिम दिन राजनीतिक दलहरू व्यस्त

११ असार,अर्घाखाँची । दोस्रो चरण अन्तर्गत यही १४ गते हुने स्थानीय तहको चुनावका लागि राजनीतिक दलहरू व्यस्त भएका छन् ।

चुनावी कोणसभालाई सम्बोधन गर्न राजनीतिक दलका केन्द्रीय नेताहरू जिल्लामा खटिएर दिनमा ३/४ वटा कोणसभामा सम्बोधन गर्नमा व्यस्त छन् ।

नेकपा माओवादी केन्द्रीय संसदीय दलका उपनेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विक, कांग्रेसका पूर्ब सासंद डा. रामबहादुर बिसी लगायतका केन्द्रीय नेताहरू आफनो पार्टीलाई विजयी बनाउन लागिरहेका छन ।

जिल्लाका ४ स्थानीय तह सन्धिखर्क, सितगंगा, भुमिकाथान नगरपालिका र मालारानि गाउँपालिकामा कांग्रेस माओवादीले दैनिक संयुक्त आमसभा गरिरहेका छन । आमसभामा कांग्रेस र माओवादीका केन्द्रीय नेता तथा प्रमुख र उपप्रमुखमा उम्मेदवार सँगसँगै हिडेर प्रचारप्रसार गरिरहेका छन ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवाली पनि अर्घाखाँची जिल्लामा भएका आमसभालाई सम्बोधन गर्नमा व्यस्त छन् ।

जिल्लाको पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा तालमेल नगरी दलहरू एकाएक चुनावि मैदानमा छन ।

कांग्रेसको आमसभा

नेपाली कांग्रेसले पाणिनि गाउँपालिकाको धातिवाङ्गमा आमसभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार अच्युत गौतम,उपाध्यक्ष पदका उम्मेदवार अम्बिका पोख्रेल, महाधिवेशन प्रतिनिधि ईन्ऽमणि पौडेलले सम्बोधन गर्दै पाणिनी गाउँपालिकाबाट सबैभन्दा पछाडि परेको वडा धनतिवाङ्ग रहेकोले धातिवाङ्गको विकासलाई प्राथमिकता दिने बताए ।

वडा अध्यक्ष पदका उम्मेदवार शुभबहादुर सारूले कांग्रेसको प्यानलाई वडामा विजयी बनाएमा सबै गाविसबासीको तिरो तिर्ने, आपत्त विपत्मा २५५ गाडि छुट गरिदिने घोषणा गरे ।

मतदाता परिचय पत्र सुरू

अर्घाखाँची जिल्लाका सबै मतदान केन्ऽबाट मतदाता परिचयपत्र वितरण गर्न सुरू गरिएको छ ।

आइतबार, सोमबार र मङ्गलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment