Comments Add Comment

नयाँ शक्तिका नेतालार्इ जापानी अध्यागमनले एयरपोर्टबाटै फिर्ता पठायो

२५ जुन, टोकियो । डा. बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट फिर्ता पठाइदिएको छ ।

पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई टोकियोस्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले फिर्ता पठाएको हो ।

उनीहरूलाई हानेदा एयरपोर्ट अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर फिर्ता पठाएको अन्तर्राष्ट्रिय नेपाली समाज जापानका एक नेताले स्वीकार गरे ।

यसअघि २००८ सालमा विध्यार्थी भिषामा जापानी भाषा अध्यनकालागि जापान आएका भण्डारीलाई जापानी महिला माथी हातपात तथा दुर्य्गवहार गरेको कारण जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काएको थियो ।

भण्डारीको साथमा आएका नेता पौडेललाई भने लगेजमा पार्टीको ब्यानर र झण्डा भेटेपछि फिर्ता पठाएको बताइएको छ । आइतबार टोकियोमा नयॉं शक्ति नेपालका नेता देबेन्द्र पौडेलको प्रमुख आतित्यमा सम्पन्न अन्तराष्ट्रिय नेपाली समाजको प्रथम महाधिवेशनमा पौडेल बिशेष अतिथि र भण्डारी बिशिष्ठ अतिथीको रूपमा सहभागी हुन जापान आएका थिए ।

पछिल्लो समय जापान अध्यागमनले बिशेषगरी नेपालीहरूलाई बिशेष निगरानीमा राखेर अनुसन्धान गरिरहेको बिभिन्न संचार माध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन् ।

शंकर भण्डारी भन्छन्- मेरो चरित्र हत्या गर्न खोजियो

आफूहरुलाई नेपाल फर्काइएको विषयमा स्पष्टीकरण दिँदै शंकर भण्डारीले विगतमा आफूलाई कुनै चार्ज नलागेको दाबी गरे ।

‘त्यस्तो कुनै केसका कारण फर्काएको होइन’ भण्डारीले अनलाइनखबरसँग भने- ‘कुमार पौडेल दाइले अंग्रेजी नजान्दा समस्या भयो, देवेन्द्र पौडेल दाइ छिर्नुभयो, हामीचाहिँ फर्कियौं ।’

आफूहरु पार्टीको कार्यक्रममा जापान जान लागेको र विमानस्थलमा राजनीतिक कार्यक्रममा जान लागेको भनेपछि फर्काइएको उनले बताए ।
‘जापानमा राजनीतिक कार्यक्रममा जान पाइन्न, हामीले साँचो कुरा बतायौं’ भण्डारीले भने, ‘तर उताबाट राजु केसीलाई सोध्दा उहाँहरु राजनीतिक कार्यक्रममा आउनु लाग्नुभएको हैन, भन्नुभएछ । कुरा बाझिएपछि हामीलाई नेपाल फर्काइयो ।’

आफूलाई जापानमा कुनै अभियोग नलागेको तर आफ्ना शुत्रहरुले बदनियतपूर्ण ढंगबाट चरित्र हत्या गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment