Comments Add Comment

सकियो हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७

११ असार, काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७ रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ हृयान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा ध्रुव थापा ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् ।

साथै ३८ अंकका साथ जीवन लिम्बूले दोश्रो पुरस्कार जिते भने आङ्ग नोर्बु शेर्पाले ३२ऋद्य अंकका साथ बेस्ट ग्रसको उपाधि जिते ।

महिला तर्फ प्रतिमा शेर्पा ३६ अंकका साथ प्रथम भईन भने श्रीमती पवित्रा याक्थुम्बाले ३४ अंक जोडी उनलाई पछ्याईन । सिनियर तर्फको उपाधि कर्नेल शशी विक्रम सिंहले ३७ अंक सहित जिते ।

उनलाई गौतम सायमीले ३६ अंकका साथ पछ्याएका थिए । सुपर सिनियर तर्फ ३० अंकका साथ मेजर मणी प्रसाद राई प्रथम भए । गेष्ट तर्फको विजेताको उपाधि पृथ्वी मल्लले ३६ अंकका साथ हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment