Comments Add Comment

गृहजिल्लामा भोट माग्दै प्रधानमन्त्री देउवा, बृद्धभत्ता दोब्बर पार्ने आश्वासन

११ असार, डडेल्धुरा । मौन समयको अघिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा चुनावी सभामा व्यस्त रहे । उनले टिकटलाई लिएर असन्तुष्ट कार्यकर्ता फकाउनुका साथै बृद्धभक्ता दोब्बर बनाउने आश्वासन दिएका छन् ।

आइतबार अमरगढी नगर कमिटीको चुनाविसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेकाम प्रधानमन्त्री देउवाले बृद्ध भत्ता दोब्बर पार्ने आश्वासन दिए । ‘मैले बजेट ल्याउन पाए भने यो बृद्धभत्ता डबल गर्छु गर्छु गर्छु’ उनले भने ।

डडेल्धुराको विकासका निम्ति निर्वाचन पहिलो खुडि्कलो रहेको भन्दै उनले कांग्रेसले जितेमा जिल्लाका सबै समस्या समाधान हुनेे आश्वासन दिए ।

टिकट बितरणबारे मुख खोले

देउवाले आफ्नै जिल्लामा देखिएको टिकट बितरण सम्बन्धिको बिषयमा मुख खोलेका छन् ।

जिल्लामा पार्टी भित्र धेरै जना योग्य उम्मेदवार भएपनि टिकट एक जनालाई मात्र दिन मिल्ने हुँदा रुष्ट नहुन कार्यकर्तालाई आग्रह गरे ।

उनले हरेक कार्यकर्ताको उच्च मूल्याङ्कन हुने र सबैलाई उच्च स्थान दिने समेत आश्वासन दिए ।

प्रधानमन्त्री देउवाले सबै ठाउँमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने दावी गरे ।

तर स्थानीय तहको चुनावले संविधान कार्यान्वयनको बाटो सहज हुने र तीन वटै चुनाव सफल भएमात्र संधिानको कार्यान्वयन सरल बाटोमा पुग्ने उनले बताएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी एवं कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, नेवि संघ सभापति नैनसिंह महर लगायतले सम्बोधन गरेका थिए ।

देउवा सोमबार र मंगलबार पनि गृह जिल्लाको सदरमुकाममै हुने छन् । १४ गते गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम माविको मतदान केन्ऽमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाण्डौं फर्किने कार्यक्रम तय गरेका छन् ।

साविकको असिग्राम गाविस-६ रुवाखोलाका स्थायी बासिन्दा देउवा सपरिवार मतदानकै लागि डडेल्धुरा पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment