Comments Add Comment

चुनाव बहिस्कार गरेका राजपा नेताहरु पार्टी प्रवेश गराउन व्यस्त

११ असार, सप्तरी । अहिले मुलुकको तीन वटा प्रदेश चुनावमय छ । राजनीति दलका नेताहरु स्थानीय निकायको निर्वाचनमा आफ्नो विजयी सुनिश्चितताका लागि खटिरहेका छन् । तर, चुनावमा नजाने उद्घोष गरेको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु पार्टी प्रवेश गराउन तल्लिन छन् ।

पछिल्लो दुई दिन यता सप्तरीमा रहँदै आएका राजपाका पाँच जना शिर्ष नेताहरु पार्टी प्रवेश गराउन व्यस्त देखिएका छन् । आइतबार सप्तरीको तीन वटा ठाउँमा आयोजना गरिएको कार्यक्रममा पार्टी प्रवेश गराएका छन् ।

राजपाका नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव एकै दिनमा आयोजना गरिएको तीन वटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रवेश गराएका हुन् । तीन वटै कार्यक्रममा एक हजारभन्दा बढी व्यक्ति प्रवेश गरेको राजपा नेताहरुले बताएका छन् ।

जिल्लाको कंचनरुप नगरपालिकास्थित घोघनपुर बलुवा, शम्भुनाथ नगरपालिकाको कठौना र महुलीमा राजपा सप्तरीले आयोजना गरेको कार्यक्रममा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरमसहित बिभिन्न पार्टी परित्याग गरी प्रवेश गरेको राजपाका जिल्ला संयोजक सुनिल झाले जानकारी दिए । राजनीतिक दलका नेतासँगै उद्योगपति, व्यापारी समेत राजपामा प्रवेश गरेका छन् ।

शम्भुनाथ नगरपालिकाको कठौनामा आयोजना गरिएको कार्यक्रममा संघीय समाजवादी फोरमका धेरै नेता/कार्यकर्ता प्रवेश गरेका छन् । फोरम नेपालका जिल्ला सदस्य बिषणुकान्त गुप्ता, नगर कमिटी संयोजक चन्ऽकान्त मंडल, पुर्व गाविस अध्यक्षहरु राम प्रसाद चौधरी, कैलु सदासहितका प्रवेश गरेका छन् ।
यस्तै कंचनरुप नगरपालिका र महुलीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ७ सयभन्दा बढी प्रवेश गरेको राजपाका सचिव गजेन्द्र मण्डलले जानकारी दिए । यसअघि मलेठमा आयोजना गरिएको कार्यक्रममा २ सय जनाभन्दा बढी व्यक्तिलाई भित्र्याइएको थियो ।

हाम्रो एजेन्डा चुनाव होइन

तीन वटै सभालाई सम्बोधन गर्दै राजपाका नेताहरुले आफूहरुको एजेन्डा चुनाव नभएको बताउँदै मधेशको मुद्दा सम्बोधन नभएसम्म आफूहरु कुनै पनि निर्वाचनमा भाग नलिने बताए ।

यो निर्वाचन जनसंख्याको आधारमा स्थानीय निकाय थप नहोस् र मधेशका मुद्दा सम्बोधन नगरियोस् भन्ने भावनासहित गर्न लागिएकाले आफूहरुले निर्वाचनमा भाग लिएर त्यसमा मोहर नलगाउने बताए । नेताहरुले आफूहरु आन्दोलनमा रहेको र माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताए ।

आफूहरु चुनावको बिरोधी नभएको बताउँदै उनीहरुले सरकार र मुख्य दलका नेताहरुले नै आफूहरुलाई चुनावभन्दा बाहिर राखेको बताए । संविधान निर्माण भएकै समयदेखि आफूहरु संविधान संशोधन गर्न आग्रह गर्दै आएपनि राज्य पक्षले घुमाएर पटक-पटक षडयन्त्र गर्ने प्रयास गरिरहेको उनीहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment