Comments Add Comment

३५ सय मिटर टाढाको मान्छेलाई बन्दुकले ढलाउँदै विश्व कीर्तिमान

यो घटना अघिल्लो महिनाको हो । इराकमा आइएसआइएसका विरुद्धमा लडिरहेको क्यानेडाली सेनाले यस्तो किर्तिमान कायम गरेको छ ।
सेनामा विशेष फोर्स खडा गरिएको छ, जसको नाम ज्वाइन्ट टास्कफोर्स टू हो । उक्त सैन्य बलका एक सैनिकले हालै साढे ३ किलो मिटर टाढा बन्दुकले निसाना साँध्दै आइएस विद्रोहीलाई मारेका छन् ।आइएस विद्रोहीहरु निकै खतरनाक हुने भएकाले क्यानेडाली सैनिकहरुले अनौठो योजना तयार पारेका छन्, विद्रोहीलाई निस्तेज पार्नका लािग ।

यो अहिलेसम्म बन्दुकले सबैभन्दा टाढा फायर गरेर निसाना लगाएको वल्र्ड रेकर्ड नै हो ।

यसअघि बेलायती सेनाका एक सदस्यले झण्डै साढे २ किलोमिटर टाढाको तालिबानीलाई बन्दुकले निसाना साँधेर ढलाएका थिए ।

रिपोर्ट अनुसार क्यानेडाली सेनाका ती सदस्यले त्ब्ऋ छण् राइफलबाट आइएस विद्रोहीलाई निसाना लगाएका थिए । उक्त बन्दुकले अधिकतम ३७५० मिटरसम्म गोली फ्याँक्न सक्दछ ।

यद्यपि किर्तिमानी निसाना साँध्ने ती सैनिकको नाम खुलाइएको छैन । उनले एक अग्लो भवनको छतमा गएर आइएस विद्रोहीतर्फ गोली दागेको बताइएको छ ।

उनले गोली प्रहार गर्ने क्रममा हावाको बहाव तथा गोलीको गतिलाई ध्यानमा राख्दै निसाना लगाएका थिए । बन्दुकको टि्रगर दबाएको १० सेकेण्डभित्रमा गोलीले आइएस विद्रोहीलाई लाग्यो र उसको मृत्यु भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment