Comments Add Comment

भेडाले जन्मायो मान्छेजस्तो पाठो, गाउँले आतंकित

कहिले मानिसले त कहिले जनावरले । विभिन्न असामान्य खालका बच्चाहरु जन्माएका खबर आइरहन्छन् । दक्षिण अपि|mकामा अहिले यस्तै खालको खबर बाहिर आएको छ ।

 

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र लेडी फेरेरेमा एउटा भेंडाले अनौठो पाठो जन्माएको छ । उक्त पाठोको आधा शरीर मानिसको जस्तो छ भने आधा जनावरको ।

यसरी भेंडाले आधा मान्छे र आधा जनावरजस्तो पाठो जन्माएपछि गाउँलेहरु त्यसलाई राक्षसको दूत भन्दै तर्सिएका छन् । मान्छे र भेंडाबीचको संसर्गका कारण यस्तो बच्चा जन्मिएको कतिपयको ठम्याई छ ।

गाउँलेहरुमा सन्त्रास तथा अफवाह यति तीव्र रुपमा फैलियो कि त्यहाँको सरकारले नै विज्ञहरुको टोली गाउँमा खटाएर त्यसको जाँच तथा गाउँलेहरुमा वैज्ञानिक कारणको बारेमा चेतना जगाउनु पर्‍यो ।

आखिर भेंडाले त्यस्तो आधा मान्छेजस्तो पाठो किन जन्मायो त ? विशेषज्ञहरुका अनुसार उक्त भेंडामा भएको संक्रमणका कारण त्यस्तो भएको हुनसक्छ ।

विशेषज्ञहरुका अनुसार गर्भवती अवस्थामा भेंडालाई लामखुट्टे बाट सर्ने रिफ्ट भ्याली ज्वरो नामक रोगले संक्रमित गरेको र सोही कारण भेडाको गर्भमा रहेको बच्चामा गम्भीर असर पुग्दा त्यस्तो विकृत बच्चा जन्मिएको हुनसक्छ ।

विशेषज्ञहरुका अनुसार देख्दामा अलिअलि मान्छेजस्तो देखिने भएपनि त्यसमा मानिसमा हुने कुनैपनि अंग छैनन् ।

वैज्ञानिकका अनुसार मानिसमा २३ जोडी तथा भेडामा २६ जोडी क्रोमोजोम हुने भएकाले मानिस र भेडाबीचको संसर्गबाट गर्भ रहने कुनै सम्भावना नै हुँदैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment