Comments Add Comment

टी-व्यागमा भएको ग्रीन टी किन प्रभावकारी हुँदैन ?

अहिले बजारमा ग्रीन टी थरीथरीका छन् । धेरैजसो ग्रीन टी खुला नभई टी-व्यागमा पाइन्छ । पिउनका लागि यो निकै सजिलो हुन्छ ।

 

टी-व्यागमा पाइने ग्रीन टी मग वा गिलासमा तातो पानीमा डुबाएर खान सकिन्छ । यो छरितो विधी हो । तर, ग्रीन टी स्वाद भन्दा बढी स्वास्थ्यका लागि पिउने हो । यदि त्यसो हो भने टी-व्यागमा उपलब्ध हुने ग्रीन टीले तपाईले सोचेजस्तो लाभ दिदैन । खुला ग्रीन टी र टी-व्यागमा भएको ग्रीन टी पिउनुमा कति फरक छ त ?

क्याफिन- ग्रीन टी व्यागमा त्यसको पात काटेर मसिनो बनाएर राखिएको हुन्छ । त्यही कारण यसमा क्याफिनको मात्रा कम हुन्छ । खुला ग्रीन टीमा क्याफिनको मात्रा बढी हुन्छ ।

फ्लेवर- लुज टी प्राकृतिक रुपमै राखिएको हुनाले त्यसमा प्राकृति फ्लेवर हुन्छ । यस्तो फ्लेवर लामो समय टिक्छ पनि । तर, टी व्यागमा राखिएको ग्रीन टीमा रंग र फ्लेवर कृतिम पनि हुनसक्छ ।

एन्टि अक्सिडेन्ट- ग्रीन टीमा जुन क्याटचिन हुन्छ, त्यो समयसँगै कम हुँदै जान्छ । खुला ग्रीन टीमा क्याटचिन बढी हुन्छ । जबकी टी व्यागमा यसको मात्रा कम हुन्छ । त्यसैले टी-व्यागमा राखिएको ग्रीन टी पिउन सजिलो र छरितो भएपनि त्यसको खासै प्रभाव हुँदैन । खुला ग्रीन टीले भने प्रभावकारी रुपमा काम गर्छ ।

के पाइन्छ ग्रीन टीमा ?

एन्टिअक्सिडेन्टको स्रोत हो, ग्रीन टी । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

किन पिउने ?

दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टी । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ ।

शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टीलाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment