Comments Add Comment

कीर्तिपुरका मेयरलाई पहिलो गाँसमै ढुंगा, प्राधिकरणको भवन नभत्काउन अदालतको आदेश

११ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर रमेश महर्जनलाई विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रको भवन तत्काल नभत्काउन पाटन उच्च अदालतले आदेश दिएको छ । गत असार १ गते नगरपालिकाले बाटो विस्तारका लागि भन्दै सो भवनको पर्खाल भत्काएको थियो
विद्युत प्राधिकरणका कानुन महासाखा प्रमुख तुलाराम गिरीले भने, ‘अन्तरीम आदेशपछि भवन भत्काउन रोकिएको छ । अब भत्काइएको पर्खाल के-कसरी निर्माण गर्ने भनेर छलफल गर्दैछौं । पर्खाल भत्काइएपछि वितरण केन्द्रमा रहेका सबै सामान असुरक्षित बनेका छन् ।’आवश्यक समय नदिई भत्काएका कारण आफ्ना सामानहरु असुरक्षित बनेको भन्दै प्राधिकरणले पाटन उच्च अदालतमा निबेदन दिएको थियो । शुक्रबार पाटन उच्च अदालतले अन्तरिम आदेश दिँदै सो कार्यलाई यथास्थितमा राख्न र भवन तत्काल नभत्काउन आदेश दिएको हो ।

मेयर महर्जनले बाटो विस्तारका लागि सुरुमा सरकारी जग्गामा बनेका भवनहरु भत्काउने योजना बनाएका थिए । प्राधिकरण नजिकै रहेको वडा कार्यालयको भवन पनि भत्काउने उनको तयारी थियो । तर प्राधिकरणको भवनमा अन्तरीम आदेश आएपछि उनको काम रोकिने भएको छ ।

स्पष्ट मात्रामा मार्किङ तथा तयारी नगरी मेयर महर्जनले बाटो विस्तारको काम सुरु गरेका थिए । प्राधिकरणका कर्मचारीहरु भने गलत नियतले प्राधिकरणको मात्रै भवन भत्काइएको आरोप लगाउँछन् । प्राधिकरणका एक कर्मचारीले भने, ‘प्राधिकरण पछाडिपट्टी रहेको जग्गालाई बाटो खोल्ने उद्देश्यका साथ यो काम गरिएको हो ।’

जेठ २३ गते एक सूचना पठाउँदै नगरपालिकाले वितरण केन्द्रलाई आफैं पर्खाल भत्काउन निर्देशन दिएको थियो । तर प्राधिकरणले नभत्काएपछि नगरपालिका आफैले भत्काइदिएको थियो ।

०२९ सालमा वितरण केन्ऽ बनाउन प्राधिकरणको जग्गा नभएका कारण तत्कालीन गाउँ पञ्चायतले यो जग्गा दिएको थियो । मुआब्जा कि त जग्गा फिर्ता देउ भन्दै यसको मुद्दा सर्वाेच्चमा समेत पुगेको थियो । तर, ०६० सालमा सर्वाेच्च अदालतले भोगाधिकार दिएका कारण लालपूर्जा भए पनि दाबी गर्न नमिल्ने भनेर फैसला सुनाएपछि यसको विवाद टुङ्गएिको थियो ।

मेयर महर्जनले बाटोलाई १४ मिटर चौडा बनाउने बताएका छन् । तर, नगरपालिकाले बुधबार वितरण केन्द्रलाई पठाएको पत्रमा केन्द्रबाट ९/९ मिटर बाटो चौडा गर्न लागेको उल्लेख गरिएको छ । कीर्तिपुर वितरण शाखासँगैको सडक हाल ८ मिटर मात्रै चौडा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment