Comments Add Comment

ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो


११ असार, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए ।

‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको पुरानो गाडी भन्दै ओलीले ‘जापनीज गाडीमा इन्डियन इन्जिन जोडेर हाम्रो नयाँँ गाडीसँग प्रतिस्प्रर्धा गर्न खोज्ने ? प्रतिस्प्रर्धा गर्न सक्छ ? भन्ने प्रतिप्रश्न गरे ।

 

कांग्रेसको मेयरका पछिपछि माओवादी हिँडिरहेको भन्दै उनले टेकोले रुख नथामिने बताए । एमाले अध्यक्ष ओलीले भने, ‘उसको बैंस हरायो । अब केहि गर्न सक्दैन ।’

आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्दै उनले समृद्ध नेपाल बनाउने योजना एमालेसँग रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले राजपालाई देखाए दुइ नम्बर प्रदेशमा चुनाव सारेको बताए । संविधान संशोधनका निम्ति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘प्रधाजमन्त्री बनेको पटक गनेर हुन्छ, अर्थ के छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment