Comments Add Comment

निर्वाचन आयोगको कामकारबाही सन्तोषजनक छैनः पूर्वप्रमुख आयुक्त

११ असार, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगको कामकारबाही पछिल्लो समय सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । आयोगले संवैधानिक गरिमा राख्न नसकेको उनको गुनासो छ ।
पछिल्लो समय निर्वाचन आयोगले आˆनो गरिमा बचाउन नसकेको जस्तो देखिएको भन्दै उनले भने, ‘निर्वाचन आयोगले सबै नराम्रो गर्‍यो त भन्न हुँदैन । तर ,उसले गरेका केही कामले राष्ट्रलाई नै घाटा हुने अवस्था देखिएको छ ।’आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठले प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर सचिव सरुवा गर्नुले आयुक्तहरुकै अनुगमन आवश्यक देखिएको बताए । उनले भने, ‘अरुलाई आचारसंहिता अनुसार गाडी यो स्तरको चढ्नुपर्छ, सरुवा बढुवा गर्न हुँदैन भनेर प्रमुख आयुक्तले भन्नुहुन्छ, तर त्यो आचारसंहिता आफूलाई पनि लाग्छ भन्ने कुरा भूलिदिनुभयो ।’

भरतपुर प्रकरणमा आयोगले लिएको निर्णयले ‘इलेक्टोरल डेमोक्रेसी’लाई नै धरापमा पार्न सक्ने उनले बताए ।

दोस्रो चरणको निर्वाचन मध्यवर्ष तोकिनु गलत भएको भन्दै पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठले भने, ‘यस्तो बेला चुनावको मिति तोक्नु भनेको अदुरदर्शी काम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment