Comments Add Comment

कांग्रेस-एमाले हात्ती हुन्, माओवादी माउते होः प्रचण्ड

११ असार, खोटाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले हात्ती र माओवादी माउतेको भूमिकामा रहेको बताएका छन् ।

आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने संविधान बनाउनेदेखि स्थानीय तहको संख्या निर्धारण र चुनावमा माओवादीकै निर्णायक भूमिका रहेको बताए । ‘हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ’ उनले भने, अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिडाइरहेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी भएको बताए । ‘कांग्रेस-एमालेलाई देश र जनताको हितभन्दा सत्ताको लुछाचुडी नै राम्रो लाग्छ । उनीहरु सहमति गर्छन् तर, पालना गर्दैनन् । धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन्’ उनले भनले भने, ‘माओवादी त्यस्तो गर्न सक्दैन । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’

यस्तै दिक्तेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले गणतन्त्र विरोधी पार्टी भएको बताए । ‘कांग्रेस जन्मकालदेखि गणतन्त्रवादी पार्टी होइन, माओवादी र सडकको जनलहरले मात्रै कांग्रेस गणतन्त्रमा आएको हो’ माओवादी अध्यक्ष प्रचण्डले भने, एमाले त गणतन्त्रलाई बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्थ्यो । एमाले त गणतन्त्र विरोधी पार्टी नै हो ।’

माओवादीले नजिते देश फेरि अप्ठ्यारोमा पर्नसक्ने उनले बताए । ‘परिवर्तन र देशको समृद्धिको योजना हाम्रो हो, हामीले नै यो देशलाई यहाँ ल्याएका छौं । तर, फेरि पनि चुनाव कांग्रेस-एमालेले जिते भने देश अप्ठ्यारोमा पर्न सक्छ’ उनले भने, ‘प्रतिगामी बाटो रोक्न माओवादीले जित्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment