Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः मौन अवधि सुरु, उल्लंघन गरे उम्मेदवारी रद्द

१२ असार, काठमाडौं । १४ गते असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरु समेतलाई प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न रोक लगाइएको आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालन गर्न दिएको अनुमति दिएकाेलगायत खबर आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

गोरखापत्र दैनिकले आइतबार रातिबाट मौन अवधि सुरु भएको विषयलाई मुख्य खबर बनाएर लेखेको छ । राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएको, सर्वोच्चको मुख्य रजिष्टारमा नहकुल सुवेदी नियुक्त भएकोलगायतका खबरलाई गोरखापत्रले पहिलो पृष्ठमा ठाउँ  दिएकाे छ ।

नयाँ पत्रिका दैनिकले २३ मन्त्रालय मन्त्रीविहीन बनेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । प्रधानमन्त्री बनेको तीन सातासम्म पनि देउवाले सचिवालयसम्म बनाउन नसकेको र सल्लाहकारका लागि आकांक्षीहरुको भीड लागेको नयाँ पत्रिकामा छ ।

‘के चाहन्छ विराटनगर ?’ शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले मुख्य खबर लेखेको छ । कान्तिपुर दैनिकले मौन अवधि सुरु भएकोदेखि पाकिस्तानमा तेल ट्यांकर विस्फोट भएकोसम्मका खबरलाई पहिलो पृष्ठमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment