Comments Add Comment

सल्लाहकार छान्न देउवालाई हम्मे, यस्ता छन् आकांक्षी

१२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेर पार्टी र अन्तरपार्टी छलफललाई प्रभावकारी बनाउनेसहितका विषयमा काम गर्न प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्ने प्रचलन छ । देउवाले यस्तो सल्लाहकार कसलाई बनाउँछन् भन्ने चासो सर्वत्र छ । राजनीतिक सल्लाहकारका लागि डा. प्रकाशशरण महत, रमेश लेखकदेखि विश्वप्रकाश शर्मासम्मको चर्चा छ ।

देउवाले राष्ट्रिय योजना आयोगमा डा. स्वर्णीम वाग्लेलाई उपाध्यक्ष बनाउने सम्भावना छ । देउवाले आर्थिक सल्लाहकार पूर्वसचिव कृष्ण ज्ञवालीलाई बनाउने प्रवल सम्भावना छ । ज्ञवाली लामो समय अर्थमन्त्रालयमा बसेका पूर्वप्रशासक हुन् ।

प्रधानमन्त्रीले राजनीनामा दिएलगत्तै सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले पनि राजीनामा दिने प्रचलन छ । तर, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अझै राजीनामा दिएका छैनन् । देउवा र प्रचण्डबीच श्रेष्ठले राजीनामा नदिने सहमति भएको स्रोत बताउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment