Comments Add Comment

देउवाको गृहजिल्लामै ‘बागी’को भारी

१२ असार, काठमाडौं । पार्टीभित्र उम्मेदवारका लागि असन्तुष्टि चुलिइरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्लाका लागि आफैं टिकट बाँडेका थिए । त्यसले जिल्लाका नेता–कार्यकर्तामा भने असन्तुष्टि देखिएको छ । अन्ततः अहिले जिल्लाभरि स्वतन्त्रका नाममा बागी उठेका कांग्रेसका उम्मेदवार देउवाका लागि भारी बनेका छन् ।

चुनावको मुखमा त्यही असन्तुष्टि साम्य पार्न भए पनि देउवा पाँच दिनअघि नै गृहजिल्ला आइपुगेका छन् । तर, दिनहुँ उनलाई चुनावी सभामा सम्बोधन गर्नै भ्याइनभ्याइ छ ।

जिल्लाकै सदरमुकाम अमरगढीलगायत धेरै वडा र गाउँपालिकामा अहिले कांग्रेसका बागी उम्मेदवार आ–आफ्नै तरिकाले प्रचारमा लागिरहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कांग्रेस डडेल्धुराका अनुसार करिब २० जना कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment