Comments Add Comment

जिल्लाकै ठूलो गाउँपालिका, देशकै सानो मतदान केन्द्र

ताप्लेजुङको एउटा मतदान केन्द्रमा ४० जना मतदाता

१२, असार ताप्लेजुङ । जिल्लाको एउटा मतदान केन्द्रमा नेपालकै सबै भन्दा कम मतदाता रहेको पाइएको छ । जिल्लाको फक्तााङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ग्याब्ला प्राथमिक विद्यालय मतदान केन्द्रमा जम्मा ४० जनामात्रै मतदाता छन् । जहाँ १९ पुरुष र २१ जना महिलाले मतदान गर्नेछन् ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्रको सूचीमा दोस्रो नम्बरमा पनि यही गाउँपालिकाको अर्को मतदान केन्द्र रहेको छ ।

सोही गाउँपालिकाको वडा नम्बर ७ मा रहेको याङमा आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ५५ जना मात्रै मतदाता छन् ।
तर, यो गाउँपालिका सानो भएर मतदाता कम भएका भने होइनन् । यो गाउँपालिका जिल्लाकै सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको गाउँपालिका हो ।
यो गाउँपालिका जिल्लाका अरू सबै गाउँपालिका र नगरपालिकाको क्षेत्रफल जोड्दा पनि यसैको क्षेत्रफल बढी हुुन आउँछ । फक्ताङलुङ गाउँपालिकाले जिल्लाको १ हजार ८ सय ५८ दशमलब ५१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

जबकि ताप्लेजुङका बाँकी सबै गाउँपालिका र नगरपालिकाको क्षेत्रफल १ हजार ७ सय ७६ दशमलव ५ वर्गकिलोमिटर मात्रै छ । यो गाउँपालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न नै एक दिन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment