Comments Add Comment

रुपन्देही र रौतहटमा यसरी मनाइयो ईद (फोटो फिचर)

१२ असार, काठमाडाैं। देशभरका मुस्लिम समुदायले महान पर्व ईद मनाइरहेका छन् । यस्तोमा रुपन्देहीको भैरहवा र रौतहटको गौर लगायत अधिकांश स्थानमा मुस्लिमहरु हषोल्लासका साथ ईद मनाउदैछन् ।

आत्म संयम र शुद्धीका लागि एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरीन्छ ।

ईदको अर्थ खुशियाली हो, रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकोले यो पर्वको नाम ईदु उल फित्र हुन गएको रुपन्देहीको रोहिणी गाउँपालिकाका नियाज अहमद खाँ बताउँछन् ।

मुस्लिम धर्मावलम्बीहरु बिहान नजिकको ईदगाह, मस्जिद, खुल्ला चौरमा भेला भई सामुहिक रुपमा प्राथना गरेका छन् ।

त्यसपछि एक अर्कासँग हातेमालो र अँगालो मारी ईदको बधाई तथा शुभकामना आदान प्रदान गरी खुशियाली मनाएका छन ।

इस्लामका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवस्सलामले रमजानका बारेमा ‘जब रमजान शुरु हुन्छ तब जन्नतका (स्वर्ग) ढोकाहरु खोलिन्छ र जहन्नमका (नर्क) ढोका बन्द हुन्छ’ भनि बताएको खाँ बताउँछन् ।

इस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौ महिना अन्र्तगत पर्दछ । उक्त पात्रोमा यसलार्इ पूर्ण रुपमा ‘रमजानल मुबारक’ भनिन्छ ।

बिश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु महिनाभरि एक महिना सम्म रोजा बस्छन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर सबै मुसलमानहरु नमाज पछि ईदको बिषेश परिकार सेवईका साथै अन्य मिठाईका परिकारहरु र खानेकुरा खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गरिन्छ । यो क्रम दिन भर चलिरहन्छ ।

भैरहवाका अब्दुस खानले विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको बिशेषता रहेको बताउँछन ।

यता रौतहटको सदरमुकाम गौरमा रहेका इदगाह तथा मस्जीदहरु, राजपुर, भगवानपुर, भेडियाही लगायतका दर्जनौ मस्जीदहरुमा मुस्लीम समुदायले इदको नमाज पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment