Comments Add Comment

यी हुन् दुनियाका सबैभन्दा सुरक्षित स्मार्टफोन

इन्टरनेट जाएन्ट गुगलले विश्वका सबैभन्दा सुरक्षित स्मार्टफोन तथा डिभाइसहरुको सूची तयार पारेको छ । जसमा १ सय वटा स्मार्टफोन लगायतका डिभाइस रहेका छन् । गुगलका अनुसार सूचीमा सामेल एन्ड्रोइड स्मार्टफोनहरु अन्य फोनको तुलनामा सुरक्षित छन् ।

एन्ड्रोइड निर्माता गुगलका अनुसार, जुन स्मार्टफोनलाई गुगलले सुरक्षित स्मार्टफोनको सूचीमा राखेको छ । ती स्मार्टफोन कम्पनीसँग गुगल निरन्तर कुराकानीमा रहने गरेको छ । साथै स्मार्टफोन कम्पनीसँग मिलेर गुगलले लगातार नयाँ सेक्योरिटी अपडेट दिइरहेको छ । गुगलका अनुसार ऊ यी सबै स्मार्टफोनमा ९० दिनभित्रमा नयाा सेक्योरिटी अपडेट गराइरहेको छ । साथै सेक्योरिटीसँग सम्बन्धित समस्या समाधानमा पनि गुगलले काम गरिरहेको छ ।

त्यस्ता सेक्योरिटी अपडेटका कारण ती स्मार्टफोनमा खतरनाक साइब हमला हुन पाएको छैन ।

गुगलले दुनियाका सुरक्षित भनेका स्मार्टफोनहरुमा गुगल, सामसुङ, जिओनी, एलजी, मोटोरोला, सोनी, विबो, ओप्पो, तथा ब्लाकबेरीलगायत छन् ।

यी कम्पनीका कतिपय मोडेलका स्मार्टफोनहरु पूर्णतः सुरक्षित रहेको गुगलको भनाइ छ ।

सुरक्षित स्मार्टफोनहरुको  सूची यस्तो छ:

गुगलका स्मार्टफोनः

Google Pixel, Google Pixel XL, Nexus 6P, Nexus 6, Nexus 5X, Nexus 9

सामसुङका स्मार्टफोन

Galaxy S8+, Galaxy S8, Galaxy S7, Galaxy S7 Edge, Galaxy S7 Active, Galaxy S6 Active, Galaxy S5 Dual SIM, Galaxy C9 Pro, Galaxy C7, Galaxy J7, Galaxy On7 Pro, Galaxy J2, Galaxy A8, Galaxy Tab S2 9.7

जिओनी : A1 स्मार्टफोन

एलजीः  LG G6, V20, Stylo V2, GPAD 7.0 LTE

मेटोरोल : Moto Z, Moto Z Droid

सोनीसस:  Xperia XA1, Xperia X

विवो:  Vivo 1609, Vivo 1601, Vivo Y55

ओप्पो:  CPH1613, CPH1605

ब्लाकबेरी:  Priv

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment