Comments Add Comment

युनिक हाइडेलले पायो सबैभन्दा कमजोर रेटिङ, प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ


१२ असार, काठमाडौं । युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।

कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो ।

बिसं २०६७ कात्तिक २८ गते यो आयोजनाको स्तरोन्नती भएर व्यवसायिक उत्पादन सुरु भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाउछ । कम्पनीको सेयरलाई इक्रा नेपालले सबैभन्दा कमजोर रेटिङ ग्रेड ५ प्रदान गरेको छ ।

नकारात्मक पक्ष

उच्च लागतको आयोजना ( प्रतिमेगावाट २१ करोड ६० लाख रुपैयाँ लागत )

कमजोर सञ्चालन क्षमता

अधिक पुँजीकरण (सेयर जारी पछि पनि)

कम पावर लोड फ्याक्टर (सम्झौता अनुसार ६१ प्रतिशत रहेकोमा ४१ प्रतिशतमात्र ), यसैको कारण अपर्याप्त नगद प्रवाह र कमजोर आम्दानी

नेटवर्थमा कटौती (हाल ७७ प्रतिशत)

२०७२ मा गएको भूकम्पले आयोजना प्रभावित भएको थियो भने त्यसपछिको पहिरोले पनि केही समय आयोजना बन्द हुन पुगेको थियो ।

आम्दानीमा कटौती र पुनरनिर्माण लागत ५९ करोड भएकोमा बिमाबाट उपलब्ध मात्रै २९ करोड, बाँकी भार कम्पनीलाई नै

४१ करोड ९० लाख बैंक कर्जा बाँकी

चालु आवको तेस्रो त्रैमाशमा ४ करोड ४० लाख नोक्सान

१ करोड ५० लाख सञ्चालन नोक्सान

अन्य विवरण

कम्पनी सन् २००० बाट सञ्चालनमा

हाल मात्रै ७ जना संस्थापक सेयर लगानीकर्ता

बराम्ची इन्भेष्टमेन्टको सेयर स्वामित्व ४८.८८ प्रतिशत, मोदी खोला इन्भेष्टमेन्ट ४५ प्रतिशत, बराम्ची इन्भेष्टमेन्टकै अन्य प्रतिनिधिको ५.८५ प्रतिशत

ऋण तिर्ने उदेश्यले सेयर जारी गरिदै

गत बैशाख १७ गतेबाट नियमित विद्युत् उत्पादन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment