Comments Add Comment

कास्की कांग्रेसमा खैलाबैला, जिल्लाको सबै संरचना भंग गर्ने प्रस्ताव


१२ असार, पोखरा । नेपाली कांग्रेस, कास्कीका प्रवक्ताले नै जिल्लामा पार्टीका सबै संरचना भंग गर्न प्रस्ताव गरेका छन् । यसले कास्की कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

पार्टीका जिल्ला सदस्य तथा प्रवक्ता नविन सिग्देलले पार्टीको जिल्ला, नगर, वडा समितिसहित सकृय तथा कृयाशील सदस्यता समेत खारेज गर्ने प्रस्ताव अघि सारेका हुन् ।

नेता तथा कार्यकर्तामा देखिएका व्यक्तिवादी सोचका कारण पार्टी समाप्त हुने खतरा रहेको भन्दै उनले अहिलको संरचना भंग गरी ५ सदस्यीय तदर्थ समिति बनाउन र पार्टी सुदृढिकरणको अभियान चलाउन प्रस्ताव गरेका छन् । जिल्ला कमिटी बैठकमा पेस भएको यो प्रस्तावले बैठकमा प्रवेश पाइसकेको छैन ।

सिंग्देलको प्रस्तावको केहीले स्वागत गरेका छन् र बैठकमा छलफलका लागि प्रवेश गराउनुपर्ने बताएका छन् । तर, पार्टीको कास्की नेतृत्वले भने निस्कृय पार्ने प्रयास गरेको श्रोत बताउ्रछ ।

सिग्देलले प्रस्ताव पेश गरेको स्विकारेका छन् । उनले भने, ‘पार्टीमा सबै किसिमका छलफल हुन्छन्, जे हुन्छ पार्टी भित्रै छलफल हुन्छ, बाहिर बोल्न मिल्दैन ।’

प्रस्तावमा सिग्देलले कास्कीमा पार्टी बिघटनको स्थितिमा पुगिसकेको दाबी गर्दै पार्टी बचाउने हो भने नया्र प्रक्रियामा जानुको विकल्प नभएको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अब यसरी हु्रदैन, पार्टीलाई नया्र शिराबाट लगेर नया्र उचाईमा पुर्‍याउने हिम्मत गर्नैपर्छ, घरमा पानी चुहिएको भए, चुहिएको भए, रङ्गरोगन खुईलिएको भए मर्मत गरौंला भन्ने हुन्थ्यो, तर हाम्रो घर रुपी पार्टी मर्मत मात्रै गरेर चल्ने वाला छ जस्तो मलाई लाग्दैन ।’

वर्तमान नेतृत्वले पार्टी नबनाउन निश्कर्षसहित उनले भनेका छन्, ‘अब पार्टीमा जो आउलान्, जति आउलान् र जति अटाउलान् तिनैले पार्टीलाई जोगाउलान् ।’

स्थानीय चुनावमा पार्टी हार्नु कारण नेतृत्वले नजानेर नभई नियतवश भएको दाबी गर्दै भनेका छन्, ‘नेतृत्व नियतवश नै आफ्नो सामथ्र्य प्रयोग गर्नबाट चुकेका छन् भन्ने मेरो ठम्याई हो ।’ प्रतिष्पर्धी पार्टीहरु नभई पार्टीमा रहेको अस्तव्यस्तता, अराजकता र मनोमानी प्रवृत्ति चुनावी हारको कारण भएको औंल्याएका छन् ।

सिग्देलले पार्टीले चुनावमा हार्नुको कारण केन्द्रीय नेतृत्व पनि दोषी रहेको विश्लेषण गर्दै भनेका छन्, ‘पछिल्लो समय राष्ट्रिय रुपमा राजदूत, आईजीपी, प्रधानन्यायाधीशमाथिको महाअभियोग ह्रुदै माओवादी केन्द्रस्रग तालमेलले पार्टीको सान र मान घटाएको विषयमा शीर्ष नेतृत्वलाई खवरदारी गर्न आवश्यक छ । विगतमा पार्टी सरकारमा रह्रदा गरिएका स-साना नियुक्ति, सरुवा र बढुवाका क्रममा देखिएका नराम्रा दृश्यले कार्यकर्ता र शुभेच्छुकमा पार्टीप्रति नैराश्यता छाएको कुरालाई समेत स्मरण गर्न जरुरी छ ।’

उनले अघि भनेका छन्, पार्टीको आवरणमा व्यक्तिगत लाभका लागि पार्टीलाई प्रयोग गरिरहेकाहरुको मनोबल अकाशिदै जादा्र पार्टीलाई विषम परिस्थितिमा जोगाएका इमान्दार सिपाही कार्यकर्ताहरुको रोदनले हामीलई छोएन । उल्टै भावुक र आदर्शवान भएर राजनीति गर्न सकि्रदैन भन्दै अराजकतालाई प्रश्रय दियौं कि एकपटक गम्भिर भएर सोचौं ।’

पार्टी प्रवक्ता सिग्देलले उम्मेद्वार उठाएर कास्कीको पार्टी नेतृत्वले हराएको गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्, ‘हामीले इमान्दार, निष्ठावानभई निरन्तर राजनीतिमा लागेेको चुनाव जित्न सक्ने पात्रको खोजी गर्‍यौ कि गरेनौं ? इमान्दार, निष्ठावान भई निरन्तर राजनीतिको कुरा गर्दा अरुले गिज्याउने पात्र भइन्छ कि भन्ने डर छ अचेल । मलाई लाग्छ, हामीले चुनाव जित्ने योग्य र सक्षम पात्र खोज्नुभन्दा आफूलाई राजनीतिमा गुन लगाएका पात्रलाई टिकट दिएर गुन तिरी चित्त बुझाउने अभियान रोज्यौं ।’

आफ्नो मान्छेलाई टिकट दिएर अरुले जिताइदिनुपर्छ भन्ने मान्यता राखिएको पनि उनले बताए ।

पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसले नराम्रो पराजय भोगेको भन्दै उनले समीक्षा गर्नुपर्ने बताए । जिल्ला प्रवक्ता सिग्देलले चुनावताका संकलन गरिएको चुनाव खर्चको हिसाव सार्वजनिक गर्न पार्टी नेतृत्वस्रग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment