Comments Add Comment

रुपन्देहीमा मतदाता परिचयपत्र वितरण जारी

जिल्लाका कुन तहमा कति मतादता ?

१२ असार, भैरहवा । अगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि रुपन्देहीमा मतदाता परिचय पत्र वितरण सुरु भएको छ ।

आइतबारदेखि वितरण सुरु गरिएको मतदाता परिचय पत्र असार १३ गते सम्म वितरण हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताले सम्बन्धित केन्द्रबाट मतादाता परिचय पत्र लिन सक्नेछन् । मतदाताले परिचय पत्र लिनका लागि परिचय खुल्ने नागरिकता, लाइसेन्स, पासपोर्ट, ०७० सालको संविधान सभाको मतदाता परिचय पत्र, लगायतको परिचयपत्र देखाएर मतदाता परिचय पत्र लिन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

उनले जिल्लाको २ सय ८ मतदान स्थलको ५ सय ४३ वटा मतदान केन्द्रबाटै शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको बताए ।

जिल्लाका कुन तहमा कति मतदाता ?

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानिय तह रहेको रुपन्देहीमा जिल्लामा कुल ४ लाख ६२ हजार ५ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जसमा २ लाख २२ हजार १ सय ११ महिला, २ लाख ४० हजार ४ सय ३० पुरुष र पाच तेस्रो लिङ्गी छन् ।

जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिका मतदाता रहेका छन् भनेसबैभन्दा कम मतदाता रहेको ओमसतिया गाउँपालिकामा मतदाता छन् । बुटवल उपमहानगरपालिकामा ६६ हजार ६६३ मतदाता रहेका छन् ।

जिल्लामा सबैभन्दा कम ओमसतिया गाउँपालिकामा १७ हजार १ सय ७ मतदाता रहेकामा नौ हजार २ सय ४५ पुरुष र ७ हजार ८ सय ६२ महिला मतदाता रहेका छन् ।

तिलोत्तमा नगरपालिकामा ६० हजार ४ सय ४० मतदाता रहेका छन् । यो नगरमा ३१ हजार ९ सय ६९ महिला, २८ हजार ४ सय ७० पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

जिल्लाको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ७ सय २६ मतदाता रहेका छन् । यस नगरमा १७ हजार ७ सय २ जना पुरुष र १६ हजार २४ जना महिला मतदाता रहेका छन् ।

देवदह नगरपालिकामा ३२ हजार ७ सय ३ जना मतदाता रहेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३४ हजार ३ सय ८३ मतादाता छन् । यसमा १९ हजार ६ सय ९८ जना पुरुष, १४ हजार ६ सय ८४ महिला र एक जना तेस्रो लिङ्गी रहेका छन् । सैनामैना नगरपालिकामा रहेका ३६ हजार ३ सय ८८ मतदाता छन् ।

गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता भएको गैडहवा गाउँपालिकामा २२ हजार २ सय २५ मतदाता छन् । सियारी गाउँपालिकामा भने २० हजार ८ सय ९८ मतदाता छन् । कञ्चन गाउँपालिकामा २१ हजार ५ सय ३४ मतदाता छन् भने कोटहिमाई गाउँपालिका २० हजार ३ सय ९ मतदाता छन् ।

त्यस्तै मर्चवारी गाउँपालिकामा १७ हजार ९ सय ८० मतदाता रहेका मतदाता छन् । मायादेवी गाउँपालिकामा २० हजार ८ सय ८५ मतदाता छन् । रोहिणी गाउँपालिकामा पनि १९ हजार ५ सय २९ मतदाता रहेका छन् ।

शुद्धोधन गाउँपालिकामा १९ हजार ५ सय ७ मतदाता छन् रहेका छन् भने सम्मरीमाई गाउँपालिकामा १८ हजार १ सय ४६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment