Comments Add Comment

महिनावारीमा सहवासका फाइदा/बेफाइदा

मासिक श्रावको बेला शारीरिक सम्बन्ध बनाउनु हुन्छ ? यसमा अनेकथरी तर्क छन् । कसैले मासिक श्रावको बेला शारीरिक सम्बन्ध बनाउन तर्क गर्छन् । उनीहरुको भनाईमा यतिबेला गरिने यौन सम्पर्क सुरक्षित हुन्छ । अर्थात अनिच्छित गर्भको भय हुँदैन ।

अर्कोथरी भन्छन्, मासिक श्रावको बेला यौन सम्बन्ध राख्नु स्वस्थ्यका हिसावले सहि होइन । उनीहरुको तर्क के पनि छ भने, यसबेला सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने छैन ।

के हो तथ्य ?

मासिक श्रावको बेला यौन सम्बन्ध राख्नु यसकारण ठीक हुन्न कि, त्यसबेला महिलाहरुमा शारीरिक पीडा बढी हुन्छ । झर्को लाग्ने, कम्मर दुख्ने समस्या धेरैमा हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्ने इच्छा सायदै जाग्छ । पार्टनरको रुची बिना यौन सम्बन्ध राख्नु त्यती राम्रो हुँदैन ।

यद्यपी दुबैको रुची छ भने यौन सम्बन्ध राख्नै नहुने होइन । रक्तश्रावको कारण समस्या हुनु बेग्लै कुरा हो । तर, चिकित्सकीय हिसाबले मासिक श्रावको बेला यौनसम्बन्ध राख्दा कुनै बेफाइदा हुँदैन ।

यौन-एक उपचार

मासिक श्रावको बेला महिलाहरुमा मानसिक तथा शारीरिक पीडा हुनसक्छ । यसले उनीहरुमा तनाव बढाउँछ । अर्कोतिर मासिक श्रावको बेला महिलाको शरीरमा टेस्टोस्टेरोन हर्मान धेरै बढ्छ । यसले यौनमा रुची जगाउन सक्छ । अतः महिलाको तनाव कम गर्न र यौन रुची पुरा गर्न यौन सम्पर्क गर्नु राम्रो हो भन्ने एकथरीको तर्क छ ।

कुनै संक्रमण वा समस्या होला ?

निश्चय पनि मासिक श्रावको बेला यौन सम्पर्क राख्दा सेक्सुअल ट्रान्समिटेड इन्फेक्सनको खतरा हुन्छ । यो दुबै पार्टनरमा फैलन सक्छ । यसबाट बच्ने उपाय हो, कन्डोम । यदि कन्डोम लगाएर यौन सम्बन्ध राखिन्छ भने त्यो निकै सुरक्षित हुनसक्छ ।

मासिक श्रावको बेला गर्भाशयको मुखद्वार खुला हुने भएकाले एचआइभी वा हेपटाइटिस जस्ता रोगको खतरा पनि हुन्छ । योनीको पीएच लेभलमा परिवर्तन हुने भएकाले महिलामा व्याक्टेरियल इन्फेक्सन हुने संभावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment