Comments Add Comment

अछामको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप


१२ असार, अछाम । अछामको मेल्लेख गाउँपालिकाको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगेको छ । डीएसपी निरञ्जन दत्त भट्टले झडप भएको पुष्टि गरे । उनले भने, ‘राजनीतिक विषयमा ६ जनाबीच झगडा भएको रहेछ । दुई जना घाइते भएका छन् । त्यहाँ गएको टोली फर्किएपछि थप थाहा होला ।’

झडपमा युवराज खड्का र प्रकाश खड्का घाइते भएका छन् । दुबै कांग्रेस कार्यकर्ता हुन् । घाइते भएका दुई जनालाई खुकुरी हानेको भनिएपनि प्रहरीले पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment