Comments Add Comment

सिड्नीमा टीका र नरेशको तीजको रमझम


जुन २६, सिड्नी । गीतसंगीत र कला संस्कृति यस्तो चिज हो, यो क्षेत्रमा लागेकाहरू विश्वको जुनसुकै मुलुकमा गए पनि यो क्षेत्रलाई छोड्न सक्दैनन् ।

ब्यस्त प्रवासी जीवनको प्रबाह नगरी आफू लागेको क्षेत्रकै माया र सद्भभावलाई निरन्तरता दिने प्रवासी नेपालीहरूले नेपाली गीतसंगीतलाई प्रवासमा चिनाउने कार्य पनि गरिरहेका छन ।

यस्तै एक सर्जक हुन नरेश रेग्मी । नेपालको बसाइमा के गरेनन् उनले ? मोडलिंगदेखि गायन सबै क्षेत्रमा उनले आफ्नो उपस्थिति दर्शाइनै रहे । तर, तीन वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि नरेश अष्ट्रेलियाको सिड्नीतिर हानिए ।

नरेश अध्ययनका लागि सिड्नी आएको ३ वर्ष मात्र भयो । तर, यो बिचमा उनले यहाँ आफ्नो गायकी क्षमता राम्रैसंग प्रस्तुत गरिसकेका छन । ‘सबैले माया गरेर बोलाउनु हुन्छ र म गएर गीत प्रस्तुत गर्छु । जहाँ गए पनि छोड्न सकिंदैन रहेछ ।’ नरेशले भने ।

अब नरेशले नेपालमा इच्छा हुदाहुदै पनि गीतसंगीतलाई निरन्तरता दिन नसके पनि सिड्नीबाट निरन्तरता दिने भएका छन ।

यसैबीच उनकै पहलमा नेपाली लोक गायन क्षेत्रकी चर्चित गायिका टीका पुन सिड्नीबासी नेपालीहरूलाई नचाउन अगस्ट ५ मा सिड्नी आउने भएकी छिन् ।

नेपाल रहदा तीन दर्जन गीत गाइसकेका नरेशले प्रवासमा पनि आफ्नो नेपाली संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले लागि परेका नरेशको आयोजनामा यतिबेलाकी चर्चित गायिका टीका पुनको तीजको रमझम गजबै हुने अनुमान लगाइएको छ ।

पहिलो पटक सिड्नी आउन लागेकी गायिका टीका पुनले तीजको अबसरमा हुन लागेको कार्यक्रममा आफू सिड्नीमा रहेका नेपालीहरूलाई भेट्न आतुर रहेको बताइन ।

‘अरूहरूको कार्यक्रममा धेरै गाइये तर अब आफ्नै पहलमा यो कार्यक्रम गर्न लागेको छु,’ नरेशले उत्साहित हुदै भने,’सबैले सहयोग गर्नु भएको छ, खुसी छु । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment