Comments Add Comment

बाँकेका सबै मतदान केन्द्रबाट परिचय पत्र वितरण जारी

चुनावको सबै तयारी पूराः मुख्य निर्वाचन अधिकृत

१२ असार, नेपालगन्ज । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्लाका आठवटै स्थानीय तहमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, मतपत्र, मतदाता परिचय पत्र सहित कर्मचारी पुगेर आफ्नो काम सुरु गरीसकेको जानकारी दिए ।

बाँकेको १ सय ३६ स्थानमा २ सय ९५ मतदान केन्द्र रहेका छन् प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयम सेवक खटेका छन् ।

‘सबै मतदान केन्द्रमा परिचय पत्र वितरण कार्य सुचारु रहदै सबै मतदान केन्द्रको भौतिक पूर्वाधार मतदाता आउने जाने र मत जाहेर गर्ने स्थान तयार गर्दै रहेका छन्’- मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।

उनले सबै निर्वाचन केन्द्रमा खटेका कर्मचारीहरुले मतदाता परिचय पत्र लगभग ५० प्रतिशत भन्दा बढी बितरण गरीसकेको र सोमबार दिनभरी गरी बाँकी पनि बितरण गर्ने योजना रहेको बताए ।

यसैगरी मतदान केन्द्रको निर्माण मंगलबार साँझ सबै पुरा हुने र विहीबार विहानदेखि मतदान कार्य सूचारु गर्ने गरी तयारी अवस्थामा रहने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment