Comments Add Comment

सलमान भन्छन्-‘बिहे गर्नु भनेको पैसाको सत्यनाश मात्र हो’


बलिउडका नायक सलमान खानको जीवनमा सधै नै एउटा प्रश्न घेरिरहन्छ, बिहे कहिले गर्ने ? सलमानको जीवनमा घेरिने यो प्रश्नको उनले विभिन्न शैलीमा जवाफ दिइरहेका छन् ।

तर, अब भने सलमानको जीवनमा बिहे र प्रेमको परिभाषा बदलिएको छ । ‘मीड डे’ नामक पत्रिकालाई दिएको अन्र्तवार्तामा सलमानले बिहेलाई ‘पैसाको सत्यनाश’ भनेका छन् । सलमानले भने-‘मलाई प्रेममा विश्वास नै छैन । प्रेमबाट बाहिर निस्कनका लागि कुनै कारण चाहिन्छ भन्ने मलाई लाग्दैनँ । यो कसको आवश्यकता धेरै हो भन्नेमा भर पर्छ ।’

सलमानले प्रेममा क्रममा यूवतीलाई यूवकको आवश्यकता नपर्न पनि सक्ने खुलाएका छन् । उनले आवश्यकताको आधारमा कसको जीवनबाट को बाहिर जाने वा भित्रने भन्ने भर पर्ने बताए ।

केही चलचित्रमा प्रेमीको भूमिका निर्वाहा गरेर धेरै यूवतीको मन जितेका सलमानको भाषामा अब प्रेम र बिहेको परिभाषा बदलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment