Comments Add Comment

फ्रेस फेसः ‘अनमोल र रेखा जस्तै स्टार बन्ने सपना छ’: सजनी बाँनिया


नायिका रेखा थापा निर्मित तथा अभिनित चलचित्र ‘रुद्रप्रिया’मा काम गरेकी नव-कलाकार सजनी बाँनियालाई अब भने स्टार बन्छु भन्ने सोच पलाउन थालेको छ । केही म्यूजिक भिडियोमा काम गरेकी पोखराकी यी सुन्दरी अब भने चलचित्रमा काम गरेर स्टार बन्ने सपना देख्न थालेकी छिन् ।

पोखरामा रहेर नर्सिङ बिषय अध्ययन गरिरहेकी सजनी आफू राम्री भएको बताउँछिन् । एउटा कलाकारमा हुनुपर्ने गुण आफूमा भएको र आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उनको भनाई छ ।

सजनीसँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै सजनीले आफूलाई बाबु-आमाको ठूलो साथ रहेको बताइन् । उनले भनिन्-‘मलाई परिवारबाट एकदमै ठूलो साथ छ । परिवारले मान्यो भने मलाई बोल्ड सिन दिन कुनै पनि आपत्ती छैन ।’

पढाई सकेपछि काठमाण्डौमै आएर कलाकारिता गर्ने सोच उनको छ । उनलाई रेखा थापा, अनमोल केसी जस्तो चर्चित बन्नु छ । उनी भन्छिन्-‘मलाई आफूमा स्टारमा हुनुपर्ने गुण छ भन्ने लाग्छ । यसैले, म यो क्षेत्रमा लागेर स्टार बन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment