Comments Add Comment

मस्जिदमा चोरी गरेपछि चोरले लेख्यो – यो म र अल्लाहबीचको मामिला

हालैका दिनहरुमा पाकिस्तानमा भएको एउटा चोरी निकै चर्चित छ । पाकिस्तानको दक्षिणी पन्जाबस्थित खानेवाल जिलामा रहेको जामे मस्जिद सादिकुद मेदिना अहिले चर्चामा छ ।

उक्त मस्जिदमा हालै चोरी भयो । मस्जिदमा चोरी गर्ने चोरले जुन हर्कत गर्यो, त्यसले सबैलाई अचम्ममा पार्यो ।

 

चोरले मस्जिदमा निकै अनौठो कुरा लेखेर छाडेको थियो । चोरीको घटना आफू र अल्लाहबीचको मामिला भएको चोरको दाबी थियो ।

मस्जिदका मौलाना सइदका अनुसार, दुईवटा दान पेटिका मस्जिदमा राखेका एक जोडी ब्याट्री चोरी भएका छन् ।

चोरले मस्जिदमा एउटा कागजमा लेखेर छाडेको थियो । जसमा लेखिएको थियो कि चोरीको घटना ऊ र अल्लाहबीचको मामिला भएकाले कसैले दखल पुर्याउन आवश्यक छैन । केही दिनअघि आफू मौलवीसँग मद्दत माग्न आउँदा उनले इन्कार गरेको कुरा पनि चोरले लेखेको छ ।

आफूलाई आपत् परेको र त्यस्तो बेलामा कसैको घरमा चोरी गर्नुको साटो सीधै अल्लाहको घरमा चोरी गर्न आएको उनको भनाई थियो ।

झण्डै ८० हजार रुपैयाँ बराबरको नगद र सामान ती चोरले चोरेर लगे मस्जिदबाट । मस्जिदमा भएको चोरी र चोरले लेखेको कुराको विषयमा विभिन्न खाले प्रतिक्रिया जनाइएको छ । चोरले कुनै व्यक्तिको घरमा नचोरी मस्जिदलाई निशाना बनाएको भन्दै कतिपयले तारिफ गरेका छन् चोरको । वास्तवमा उनले कोही व्यक्तिको घरमा चोरी गरेर रमजानको बेला कसैको खुसी उजाड बनाएनन् । अल्लाहमाथि आफ्नो हक सम्झेर सीधै मस्जिदमै चोरी गरे ।

पाकिस्तानमा मस्जिदमा हुने यस्तो अनौठो चोरी पहिलो भने होइन । गत वर्ष इदको अवसरमा जहानियनको करीमन मस्जिदमा पनि चोरी भएको थियो । त्यहाँ चोरले एउटा पत्र लेखेर छाडेको थियो । पत्रमा चोरले आफुले गरिबीका कारण चोरी गरेको भन्दै धन कमाउने बित्तिकै चोरी गरेका सामानहरु अल्लाहलाई फिर्ता गर्ने जनाएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment