Comments Add Comment

जनप्रतिनिधिलाई प्रकाशमानको सुझावः स्थानीयको भावना बुझेर काम गर्नुस्

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय सरकार स्थायी सरकार भएकाले जनताको भावनालाई बुझेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । विकास निर्माणका कामलाई प्राथमिकता दिन पनि उनले आग्रह गरे ।

नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिका र कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आज संयुक्तरुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान एवम् वनभोज कार्यक्रममा नेता सिंहले सो आग्रह गरेका हुन् ।

उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई हेरेर जनताको आवश्यकतालाई सम्बोधन गर्नुहोस् ।’

नेता सिंहले स्थानीय तहका जनप्रतिनिधिले गरेको कामका आधारमा प्रान्तिय र केन्द्रीय निर्वाचनमा जनताले विश्वास गर्ने भएकाले जनताको मन जितेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं जिल्लामा ८ वटा क्षेत्र जितेको कांग्रेसले स्थानीय तह निर्वाचनमा भने सोचेजस्तो परिणाम ल्याउन नसकेको नेता सिंहले बताए ।

सो कार्यक्रममा नेता सिंहले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ मा कांग्रेसको तर्फबाट स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment