Comments Add Comment

झापामा एकपछि अर्को गर्दै बम भेटिन थाले, स्थानीय त्रसित

फाइल तस्वीर

१२ असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा झापाका विभिन्न स्थानमा बम फेला पर्न थालेका छन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बिर्तामोडमा भेटिएका दुई बम निष्कृय पारेको केही घण्टा वित्न नपाउँदै फेरि अर्को बम फेला परेपछि झापाबासी त्रसित भएका छन् ।

यसअघि बिर्तामोडमा माओवादी उम्मेदवार सरु न्यौपानेको घर छेऊ र देवी मावि मतदान केन्द्र अगाडि बम भेटिएको थियो ।

विरिङ नदी छेऊ र लक्ष्मीपुरमा भेटियो बम

सोमबार साँझ कनकाई नगरपालिकामा पर्ने विरिङ नदी छेऊ पनि शंकास्पद वस्तु भेटिएको छ । यस्तै लक्ष्मीपुरमा पनि बम भेटिएको छ ।

बमको आशङ्कामा प्रहरीको टोली अहिले त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रले अनलाइनखबरलाई बताए ।

विप्लप माओवादीले बम राखेका हुनसक्ने प्रहरीको आशंका छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment